![]() |
२९ साउन, काठमाडौ । थाइल्याण्डको सुधार गृहमा दिन बिताइरहेका पूर्व युवराज पारस शाह तत्काल नेपाल नफर्किने भएपछी छोराछोरीको न्यास्रो मेट्न छोराछोरीलाई उतै बोलाएका छन् । छोरीहरू कृतिका र पूर्णीका तथा छोरा हृदयेन्द्रलाई लिएर धिरेन्द्रकी छोरी सिताष्मा थाइल्यान्ड पुगेकी छिन् ।
गत हप्ता सिताष्माले पारसका छोराछोरीहरूलाई लिएर थाइल्याण्ड पुगेकी हुन् । यसअघि हिमानी स्वयं नै छोराछोरी लिएर थाइल्यान्ड जाने कार्यक्रम रहेपनि उनलाई पारसलाई वास्ता नगरेपछि हिमानीले आफू जाने कार्यक्रमलाई रद्ध गर्दै सिताष्मासँग छोराछोरी पठाएकी हुन् । नेपालमा रहँदा पनि त्यति राम्रो सम्बन्ध नरहेको र अहिले पनि पारसले हिमानीलाई वास्ता नगरेको स्रोत दावी छ । आफूलाई वेवास्ता गरिएको र नेपालमा नै समाजसेवाको काममा व्यस्त रहेका कारण हिमानीले पनि त्यतिसारो थाइल्याण्ड जान रूची नदेखाएको उनी निकट स्रोतले जनाएको छ ।
यता पारस तत्काल नेपाल नफर्किएपनि तिहारका बेला भने उनी नेपाल फर्कने बुझिएको छ । तिहारमा भाइटिका थाप्नकै लागी पारस नेपाल आउने सोच बनाएको उनी निकट परिवारिक स्रोतले बताएको छ ।
पारस ०६८ भदौमा थाइल्यान्ड गएका थिए । गत फाल्गुनमा हृदयघात भएपछी उनलाई भेट्न पूर्वराजा ज्ञानेन्द्रसहित शाही परिवार बैकक पुगेको थियो ।
-नेपालीहेडलाइन्स

Post a Comment