
![]() |
चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डीसी बिहिबार अमेरिका तर्फ लागेको छन् । चलचित्र निर्देशक समाजको अध्यक्ष बने लगतै ‘छ एकाने छ’ नामक सिनेमा निर्देशन गरेका डीसी एक महिनाका लागि अमेरिका हानिएका हुन् ।
उनले नेप्लीज एसोसिएसन अफ साउथ इष्ट अमेरिकाको सम्मेलनमा भाग लिनेछन् । यस्तै उनले आफूले निर्देशन गरेको चलचित्र ‘मायाज बार’को अमेरिकामा हुने विभिन्न शोहरुमा पनि सहभागीता जनाउनेछन् ।
५ बर्ष अघि नै अमेरिकाको भिसा पाएर पनि त्यता नउडेका डीसी पहिलो पटक केही कामहरु सकेर धेरैको सपनाको देश तर्फ लागेका हुन् । उनलाई बिदाई गर्न समाजका उपाध्यक्ष राजु केसी, महासचिव ऋषि लामिछाने, कोषाध्यक्ष सुमन दाहाल सहित सदस्य योगेश घिमिरे एयरपोर्ट पुगेका थिए । डिसीलाई अमेरिकन एम्बेसीले पाँच बर्षको लागि मल्टिपल बीजनेस भिजा दिएको छ ।

![]() |

Post a Comment