Showing posts with label Filmy. Show all posts
Showing posts with label Filmy. Show all posts
6:05 AM
नरेशले नीशालाई सुन्दर भन्दा राते काँइलालाई किन डाहा ?
नीशा अधिकारीको सुन्दरताको बारेमा सबैको आ आफ्नै हेराई होला । तर पनि सिने नगरीमा नीशा आकर्षक नायिकाको रुपमा भने परिचित नै छन् । नीशाको सुन्दरताको बर्णन कतिले चाहेर गर्न सकेका छैनन् या कतिपयले भन्ने आँट नगरेर पनि ।तर नायिका अधिकारीको सुन्दरताको बारेमा संचारकर्मी समेत रहेका मोडल नरेश भट्टराइले खुलेरै तारिफ गर्दा अर्का कलाकार सुनिल थापा भने मुरमरिए । नेपाली सिने नगरीमा आफूलाई सबैभन्दा मनपर्ने र सुन्दर लाग्ने नायिका नीशा अधिकारी भनेर नरेशले मुख खोले । उसो त नीशाको बिषयलाई लिएर उनको घरमा विवाद समेत नभएको होइन । धेरै पटक उनको घरमा नीशालाई नरेश.jpg)
ले सुन्दर भनेर प्रशंसा गर्नुको कारण पनि खोतलिएको छ ।यता नरेश भट्टराइले नीशालाई सुन्दर बताइरहदा अतिथीको आशन ग्रहण गरिरहेका कलाकार सुनिल थापाको मन चस्कियो । उनले पनि आफ्नो बोल्ने पालोमा नीशाको सुन्दरताको चर्चा गरे । नरेशले नीशाको प्रशंसा गर्दा आफ्नो मन डाहाले चस्किएको सुनिलको तर्क थियो ।दुबैले आफूहरु नीशाको अभिनय र सुन्दरताको फ्यान भएको बताइरहदा नायिका अधिकारीले भने आफू नरेश र सुनिलको प्रशंसक भएको बताइन् । सुनिलले नीशाको प्रशंसा गर्दा आफ्नो घरमा नरेशको जस्तो झगडा नपर्ने बताए । तर घरमा झगडा पर्दा पर्दै पनि नरेशले सार्वजनिक स्थलमै नीशा प्रतिको मोह व्यक्त गरेपछि अब उनको जीवनसंगीनले कस्तो प्रतिक्रिया दिने हुन्, त्यो हेर्न बाँकी नै छ ।.jpg)
-अनलाइनखबर
Labels:
Filmy

8:07 AM
सेक्स सिन दिन सक्छु तर भारतमा पच्दैन– सन्नी लिओन
विश्वचर्चित पोर्न स्टार सन्नी लियोनले नांगिएर चलचित्र खेल्नु आफ्नो लागी कुनै नौलो कुरा नरहने बताएकी छिन् । आफ्नो आगामी चलचित्र ‘ज्याकपट’ को प्रमोशनका लागी हिडिरहेकी सन्नीले एक कार्यक्रममा उक्त रहस्य खोलेकी हुन् ।

भारतमा यस्तो अभिनय नपच्ने भएकाले ज्याकपटमा भने आफुले त्यस्तो अभिनय नगरेको प्रष्टाउदै उनले भनिन्– ‘तर मलाई सेक्स सिन भने कुनै आपत्ती छैन् । ’
भारतमा यस्तो अभिनय नपच्ने भएकाले ज्याकपटमा भने आफुले त्यस्तो अभिनय नगरेको प्रष्टाउदै उनले भनिन्– ‘तर मलाई सेक्स सिन भने कुनै आपत्ती छैन् । ’
बलिउडमा लागेपछि पछिल्लो समय सन्नी आफ्नो पोर्न स्टार छवीवाट टाढा रहन खोजेको समाचार बाहिर आइरहेको बेला सन्नीको यो अभिव्यत्तीले उनी अझै पार्न स्टार छवीदेखि निराश नरहेको विश्लेषण गर्न थालिएको छ ।
Labels:
Filmy
1:01 AM
छायाँमा आर्यन सिग्देल
23 कार्तिक, काठमाडौँ ।
अहिले काठमाडौँमा २ दर्जन जति मल्टिप्लेक्स स्टेशनहरुमा लगायत मोफसलका केहि ठाउँ मा फिल्म मधुमासु प्रदर्शन भैरहेको छ |
सुदर्शन थापा निर्देशित मधुमासु अर्थात् हनिमुनले सोच अनुरुपको दर्शक हलमा तान्न नसकेको भयपनी फिल्ममा राघवको भुमिका निभाएका मनोज आरसीले भने दर्शक तथा शुभचिन्तक को मन तान्न सफल भयका छन् ।
करिब ११ वर्ष अघि शहिदहरुको कथा माथि निर्माण भएको विर गणेशमानु नामक ऐतिहासिक फिल्ममा गंगालाल श्रेष्ठको भुमिका निभाएर अभिनय यात्रामा प्रवेश गरेका मनोजले फिल्मका मुख्य पात्र आर्यन सिग्देललाई समेत छायाँमा पार्न सफल भयका छन् ।
क्यारेक्टरमा आर्यन भन्दा मनोज डुवेका छन् – दर्शक अनि विश्लेषक भन छन् । मनोजले आफु दर्शक को मायाले निकै हौसियको बताय ।
दैनिक जीवनमा नम्र र भद्र व्यवहारका मनोज फिल्म मधुमासुमा भने रिसाहा क्यारेक्टरमा प्रस्तुत भएका छन् ।
Labels:
Filmy
11:46 PM
भिडियोमा
नायिका कार्की आफ्नो जोवन नछोपिएको कुरा गर्दैछिन् । ‘विन्दास’ सफल भएपछि
यसको निर्माणपक्षले सिक्वेलको रुपमा विन्दास २ निर्माण गरेको हो ।
सुष्माको जवानी नछोपिएपछि….
नायिका सुष्मा कार्कीको चर्चा पछिल्लो समय
आइटम गर्लको रुपमा धेरै छ । विशेषगरी चलचित्रमा आइटम नृत्य गरेरै चर्चामा
आएकी कार्कीलाई अहिले मुख्य नायिकाको रुपमा देख्न गाह्रो छ ।
तर उनले अभिनय गरेको चलचित्र ‘विन्दास २’
मा भने उनी नायिकासँगै आइटम गर्लको रुपमा देखिदैछिन् । मधुकुमार श्रेष्ठको
निर्माणमा राजु गिरीले निर्देशन गरेको यो चलचित्र तिहारको अवसर पाररे
प्रदर्शनमा आउँदैछ । चलचित्रमा जीवन लुइटेल, सुष्मा कार्की, अनिशा गुरुङ,
सुशांक कार्की, मधुकुमार श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।
यसैबिच निर्माणपक्षले चलचित्रमा समावेश ‘छोपिएन मेरो’ बोलको गीत
सार्वजनिक गरेको छ । अर्जुन पोखरेलको संगीत रहेको यो गीतमा दुर्गा खरेलको
आवाज छ । होमनाथ गुरुङले लेखेको यो गीतको भिडियोलाई राजेन्द्र सापकोटोले
खिचेका हुन् । शीव वीकको नृत्य निर्देशन रहेको गीतको भिडियोलाई अर्जुन
जीसीले सम्पादन गरेका छन् ।
Labels:
Filmy
4:33 AM
साउथ स्टाइल : डान्सबार गर्ल सुष्मालाई बचाउन बाउन्सरको खतरनाक द्वन्द्व
नेपालमा अहिले कस्तो बिषयमा तयार भएको सिनेमा चल्छ भन्ने नै छैन । सिनेमा बनाउनेहरु हरेक किसिमका प्रयोगहरु गरिरहेका छन् तर कुनै पनि सिनेमाले कमाल मच्चाउन सकेका छैनन् ।
तर पनि नेपालमा याक्सनप्रधान सिनेमाहरुको क्रेज भने घटेको देखिदैन । समय समयमा नेपाली हलहरुमा चल्ने नायक विराज भट्ट र निखिल उप्रेतीका सिनेमाले पनि यसको उदाहरण प्रस्तुत गरिरहेका छन् ।
यही क्रममा भदौ १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाउन्सर’ अहिले चर्चामा छ । प्रशान्त गिरीको आकर्षक द्वन्द्वका कारणले पनि सिनेमाले चर्चा पाएको छ । मदन घिमिरेको निर्देशनमा तयार भएको यो चलचित्रमा प्रशान्तका साथमा नायिका सुष्मा कार्कीको मुख्य भूमिका छ ।
सिनेमाको बिषयमा निर्माता तथा नायक गिरीले भने, ‘डान्सबारमा काम गर्ने एक युवतीले आफूलाई असुरक्षित महशुश गरेपछि बाउन्सर राख्छिन् । चलचित्रले प्रहरी प्रशासनले डान्सबारलाई दिने दुख, उनीहरुको पिडा लगायतको बिषयलाई उठान गर्न खोजेको छ ।’ नेपाली दर्शकहरुले नयाँ खालका द्वन्द्वका दृश्यहरुलाई मन पराउने भएकाले ‘बाउन्सर’ले सबैको मन जित्ने विश्वास निर्माणपक्षको छ ।
Labels:
Filmy
4:31 AM
शर्लिनको नाङ्गो रहर, कपले ढाकेर ढाकिएला त शरीर
मोडल तथा नायिका शर्लिन चोपडाका लागि आफ्नो शरीरलाई न्यूड राख्नु कुनै नयाँ कुरा नै भएन । उनी बारम्बार नांगो फोटो खिचाउन ईच्छुक हुन्छिन् । हालै मात्र उनी चलचित्रको छायांकन सेटमा नांगै उपस्थित भइन् । जब शर्लिनको न्यूड शरीरको बिषयमा सुटिङ यूनिटबिच विभिन्न खालका कुराहरु उत्पन्न हुन थाले तब उनले आफ्नो शरीरलाई एउटा कपले ढाकिन् । उनले आफ्नो गुप्ताङ्ग मात्र कपले ढाकेकी थिइन् ।
शर्लिनले यस्तो उत्तेजक तस्बिर ट्विटरमा अपलोड गरेर सबैलाई अचम्ममा पारेकी छिन् । शर्लिनले ट्विटरमा ट्विट गर्दै भनेकी छिन्, ‘यो मेरो नांगो शरीर ति व्यक्तिहरुको लागि हो जसले मलाई निर्वस्त्र आत्माले माया गर्छन् ।’ उनले लेखेकी छिन्, ‘म स्वतन्त्र भविष्यका लागि मानिसहरुको विचारमा परिवर्तन ल्याउने प्रयास गर्दैछु जहाँ मानिसहरु कुनै बन्धन बिना नै बाच्न सकुन् ।’
Labels:
Filmy
4:28 AM
‘छ एकाने छ’ सकेर किन अमेरिका हानिए डीसी ?
चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डीसी बिहिबार अमेरिका तर्फ लागेको छन् । चलचित्र निर्देशक समाजको अध्यक्ष बने लगतै ‘छ एकाने छ’ नामक सिनेमा निर्देशन गरेका डीसी एक महिनाका लागि अमेरिका हानिएका हुन् ।
उनले नेप्लीज एसोसिएसन अफ साउथ इष्ट अमेरिकाको सम्मेलनमा भाग लिनेछन् । यस्तै उनले आफूले निर्देशन गरेको चलचित्र ‘मायाज बार’को अमेरिकामा हुने विभिन्न शोहरुमा पनि सहभागीता जनाउनेछन् ।
५ बर्ष अघि नै अमेरिकाको भिसा पाएर पनि त्यता नउडेका डीसी पहिलो पटक केही कामहरु सकेर धेरैको सपनाको देश तर्फ लागेका हुन् । उनलाई बिदाई गर्न समाजका उपाध्यक्ष राजु केसी, महासचिव ऋषि लामिछाने, कोषाध्यक्ष सुमन दाहाल सहित सदस्य योगेश घिमिरे एयरपोर्ट पुगेका थिए । डिसीलाई अमेरिकन एम्बेसीले पाँच बर्षको लागि मल्टिपल बीजनेस भिजा दिएको छ ।
Labels:
Filmy
4:25 AM
एक दिन अघि जन्मदिनको केक काट्दै दीपाले भनिन्,’लाइसेन्स लिन नजानु अपराध होइन’
आफ्नो उमेर नबताउने हाँस्य कलाकार दीपा श्री निरौलाको भदौ ७ गते जन्मदिन परेको छ । तर उनले आफ्नो जन्मदिन एक दिन अघि नै मनाएकी छिन् । रेडियो अडियोले आयोजना गरेको ‘गाइजात्रा बिशेष कार्यक्रम’मा दीपाले जन्मदिन मनाएकी हुन् । उनले जन्मदिनको केक काट्दै आफ्नो बिहे चाडै हुने बताइन् ।
दीपाले भनिन्, ‘मेरो बिहे हुन्छ अहिले बाट नै बधाई दिए हुन्छ ।’ उनले आफ्नो उमेर सधैको जस्तो स्विट सीक्सटिन नै रहेको बताइन् । दीपाले संचारमाध्यममा आफूले ट्राफिक प्रहरीले लिएको लाइसेन्स लिन नगएको भनी आएको समाचारमा पनि टिप्पणी गर्दै भनिन्, ‘लाइसेन्स नलिई हिड्नु गलत हो तर लाइसेन्स नै लिन नजानु त अपराध होइन नी ?’ कलाकार दीपा श्री निरौला, भूवन केसी लगायतका आधादर्जन कलाकारले अझै पनि ट्राफिक प्रहरीले खोसेको लाइसेन्स लिन गएका छैनन् ।
नेपाली हाँस्यव्यङग्यको क्षेत्रमा कलाकार दीपा श्री निरौलाको नाम चर्चित छ । हाँस्य सिरियल ‘तितो सत्य’बाट उनी झनै चर्चामा आएकी हुन् ।
Labels:
Filmy
4:21 AM
आर्यन तर्क : ‘रेखासँग व्यवसायिक सम्बन्ध, जीवन मिल्ने साथी, २० लाख उठाउन बाँकी’
उसो त बजारमा नायकद्धय आर्यन सिग्देल र जीवन लुइटेल बिच प्रतिस्पर्धा छ भनिन्छ । सिने नगरीका २ जल्दाबल्दा यि नायकहरु बिच सिनेमाको सफलताले पनि प्रतिस्पर्धा उब्जाएको धेरैको अड्कल छ । तर नायक आर्यन सिग्देलले भने आफू र जीवन मिल्ने साथी भएको बताउँदै दुईमा प्रतिस्पर्धाको कुरा नै नआउने बताएका छन् ।
अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘जीवन र म निक्कै नजिक छौ । मलाई राम्रो सिनेमा जसको भए पनि चल्नु पर्छ र नराम्रो भए आफ्नै सिनेमा पनि फ्लब हुनुपर्छ भन्ने लाग्छ ।’ आर्यनले नायिका रेखा थापासँग आफ्नो सधै नै व्यवसायिक सम्बन्ध मात्र रहेको बताउँदै अहिले पनि त्यस्तो सम्बन्ध कायमै रहेको प्रतिक्रिया दिए ।
बिहेको बिषयमा सोधिएको एक प्रश्नमा आर्यनले आफ्नो दिमागमा अब सोच आएको भन्दै चाडै नै यसको निर्णय गर्ने तर्क गरे । आर्यनका अनुसार उनी चाडै नै प्रेमिका सपना भण्डारीसँग बिहे गर्ने सोचमा छन् ।
यता आर्यनले आफू पैसाको नै पछि दौडिएको भए अहिलेसम्म ७० भन्दा ज्यादा सिनेमा खेलिसकेको हुने बताए । बजारबाट आफ्नो अझै १५ देखि २० लाख रुपैया उठाउन बाँकी रहेको गुनासो आर्यनको छ ।
Labels:
Filmy
4:19 AM
२ सय करोड नजिक ‘चेन्नाई एक्सप्रेस’, ‘थ्री इडियट्स’को रेकर्ड तोड्ने पक्का
बलिउड बादशाह साहरुख खान अभिनित चलचित्र ‘चेन्नाई एक्सप्रेस’ले प्रदर्शनको दोश्रो सातामै २ सय करोडको नेट व्यापार गर्ने पक्का जस्तै भएको छ । प्रदर्शनको ३ दिनमै १ सय करोड कमाएर सबै रेकर्ड ब्रेक गरेको यो चलचित्रले वुधबार सम्म १९७.३६ करोडको व्यापार गरेको छ । सिनेमाले बिहिबार सलमान खान अभिनित चलचित्र ‘एक था टाइगर’ले कमाएको १९८ करोडको लाइफ टाइम कलेक्शनलाई उछिन्ने पक्का जस्तै छ ।
आफ्नो दोश्रो सातामा पनि व्यापारमा खासै गिरावट नआएकाले पनि ‘चेन्नाई एक्सप्रेस’ले आमिर खान अभिनित चलचित्र ‘थ्री इडियट्स’ले कमाएको २०२.४७ को लाइफ टाइम कलेक्शनलाई शनिबार सम्म उछिन्ने विश्वास गरिएको छ ।
रोहित सेट्टीको निर्देशनमा साहरुख खान, दीपिका पादुकोण अभिनित यो चलचित्रले बलिउडमा आजसम्म बनेका सबै रेकर्डहरुलाई ब्रेक गरेको छ । यो चलचित्रको सफलतासँगै नायक साहरुख खानले आफूलाई पुन बलिउडमा बादशाहको स्थानमा उभ्याएका छन् । चलचित्रको लाइफ टाइम कलेक्शन २१० करोड माथी पुग्ने अनुमान गरिएको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको अक्षय कुमार अभिनित चलचित्र ‘वन्स अपन अ टाइम ईन मुम्बइ दोबारा’ले कुनै कमाल नगरेपछि यसको प्रत्यक्ष फाइदा ‘चेन्नाई एक्सप्रेस’लाई परेको छ ।
चलचित्रले ओभरसिजमा पनि वुधबार सम्म ९० करोड माथीको व्यापार गरिसकेको छ ।
Labels:
Filmy