
![]() |
नेपालमा अहिले कस्तो बिषयमा तयार भएको सिनेमा चल्छ भन्ने नै छैन । सिनेमा बनाउनेहरु हरेक किसिमका प्रयोगहरु गरिरहेका छन् तर कुनै पनि सिनेमाले कमाल मच्चाउन सकेका छैनन् ।
तर पनि नेपालमा याक्सनप्रधान सिनेमाहरुको क्रेज भने घटेको देखिदैन । समय समयमा नेपाली हलहरुमा चल्ने नायक विराज भट्ट र निखिल उप्रेतीका सिनेमाले पनि यसको उदाहरण प्रस्तुत गरिरहेका छन् ।
यही क्रममा भदौ १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाउन्सर’ अहिले चर्चामा छ । प्रशान्त गिरीको आकर्षक द्वन्द्वका कारणले पनि सिनेमाले चर्चा पाएको छ । मदन घिमिरेको निर्देशनमा तयार भएको यो चलचित्रमा प्रशान्तका साथमा नायिका सुष्मा कार्कीको मुख्य भूमिका छ ।
सिनेमाको बिषयमा निर्माता तथा नायक गिरीले भने, ‘डान्सबारमा काम गर्ने एक युवतीले आफूलाई असुरक्षित महशुश गरेपछि बाउन्सर राख्छिन् । चलचित्रले प्रहरी प्रशासनले डान्सबारलाई दिने दुख, उनीहरुको पिडा लगायतको बिषयलाई उठान गर्न खोजेको छ ।’ नेपाली दर्शकहरुले नयाँ खालका द्वन्द्वका दृश्यहरुलाई मन पराउने भएकाले ‘बाउन्सर’ले सबैको मन जित्ने विश्वास निर्माणपक्षको छ ।

![]() |

Post a Comment