Headlines News :
Home » » केटाले बेडमा ‘नाईं’ भन्दा केटीले घर भत्काइन्

केटाले बेडमा ‘नाईं’ भन्दा केटीले घर भत्काइन्

Written By Admin on Saturday, February 15, 2014 | 6:45 PM

बेडमा एकअर्काको इच्छा बुझ्न नसक्दा केसम्म हुन्छ भन्ने कुरा हालै अमेरिकाको एरिजोना राज्यमा देखिएको छ । प्रमिकाले संसर्गका लागि राखेको प्रस्ताव प्रेमीले अस्वीकार गरिदिंदा त्यहाँ एक महिलाले बबाल मच्चाएकी छिन् ।
मदिराले लठ्ठ अवस्थामा एस्ले मेरी प्रेनभोष्ट सोमबार बिहान घर आइपुगेकी थिइन् । बेहोसीसँगै उनी अराजक पनि थिइन् ।
नशाकै सुरमा उनी नाङ्गिइन र प्रेमीलाई यौन सम्पर्कको लागि प्रस्ताव गरिन् । तर, उसले नमानेपछि उनी आक्रोशित भइन् । र, भटाभट किचन, बैठक र बेड रुम सर्वत्र सामान तोडफोड गरिन् । उनको आक्रमणबाट घरको भित्तामा क्षति पुगेको छ । झ्यालको सिसा फुटेको छ । उनको हातभरि घाऊ छ ।

उनले तोडफोड गरिरहँदा नाङ्गै अवस्थामा प्रहरीले पक्राउ गरेको छ । उनीमाथि अराजक व्यवहार देखाएको र बाल दूव्र्यवहारको अभियोगमा प्रहरीले कार्वाही गरिरहेको छ ।

यी महिलाको हर्कतबाट प्रेमीलाई खासै चोट नलागे पनि उनको चार महिनाको शिसु घाइते भएको छ ।
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger