Headlines News :
Home » » एक दिन अघि जन्मदिनको केक काट्दै दीपाले भनिन्,’लाइसेन्स लिन नजानु अपराध होइन’

एक दिन अघि जन्मदिनको केक काट्दै दीपाले भनिन्,’लाइसेन्स लिन नजानु अपराध होइन’

Written By Admin on Thursday, August 22, 2013 | 4:25 AM

आफ्नो उमेर नबताउने हाँस्य कलाकार दीपा श्री निरौलाको भदौ ७ गते जन्मदिन परेको छ । तर उनले आफ्नो जन्मदिन एक दिन अघि नै मनाएकी छिन् । रेडियो अडियोले आयोजना गरेको ‘गाइजात्रा बिशेष कार्यक्रम’मा दीपाले जन्मदिन मनाएकी हुन् । उनले जन्मदिनको केक काट्दै आफ्नो बिहे चाडै हुने बताइन् ।दीपाले भनिन्, ‘मेरो बिहे हुन्छ अहिले बाट नै बधाई दिए हुन्छ ।’ उनले आफ्नो उमेर सधैको जस्तो स्विट सीक्सटिन नै रहेको बताइन् । दीपाले संचारमाध्यममा आफूले ट्राफिक प्रहरीले लिएको लाइसेन्स लिन नगएको भनी आएको समाचारमा पनि टिप्पणी गर्दै भनिन्, ‘लाइसेन्स नलिई हिड्नु गलत हो तर लाइसेन्स नै लिन नजानु त अपराध होइन नी ?’ कलाकार दीपा श्री निरौला, भूवन केसी लगायतका आधादर्जन कलाकारले अझै पनि ट्राफिक प्रहरीले खोसेको लाइसेन्स लिन गएका छैनन् ।
नेपाली हाँस्यव्यङग्यको क्षेत्रमा कलाकार दीपा श्री निरौलाको नाम चर्चित छ । हाँस्य सिरियल ‘तितो सत्य’बाट उनी झनै चर्चामा आएकी हुन् ।
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger