Headlines News :
Home » » नरेशले नीशालाई सुन्दर भन्दा राते काँइलालाई किन डाहा ?

नरेशले नीशालाई सुन्दर भन्दा राते काँइलालाई किन डाहा ?

Written By Admin on Monday, January 6, 2014 | 6:05 AM

नीशा अधिकारीको सुन्दरताको बारेमा सबैको आ आफ्नै हेराई होला । तर पनि सिने नगरीमा नीशा आकर्षक नायिकाको रुपमा भने परिचित नै छन् । नीशाको सुन्दरताको बर्णन कतिले चाहेर गर्न सकेका छैनन् या कतिपयले भन्ने आँट नगरेर पनि ।तर नायिका अधिकारीको सुन्दरताको बारेमा संचारकर्मी समेत रहेका मोडल नरेश भट्टराइले खुलेरै तारिफ गर्दा अर्का कलाकार सुनिल थापा भने मुरमरिए । नेपाली सिने नगरीमा आफूलाई सबैभन्दा मनपर्ने र सुन्दर लाग्ने नायिका नीशा अधिकारी भनेर नरेशले मुख खोले । उसो त नीशाको बिषयलाई लिएर उनको घरमा विवाद समेत नभएको होइन । धेरै पटक उनको घरमा नीशालाई नरेश
ले सुन्दर भनेर प्रशंसा गर्नुको कारण पनि खोतलिएको छ ।यता नरेश भट्टराइले नीशालाई सुन्दर बताइरहदा अतिथीको आशन ग्रहण गरिरहेका कलाकार सुनिल थापाको मन चस्कियो । उनले पनि आफ्नो बोल्ने पालोमा नीशाको सुन्दरताको चर्चा गरे । नरेशले नीशाको प्रशंसा गर्दा आफ्नो मन डाहाले चस्किएको सुनिलको तर्क थियो ।दुबैले आफूहरु नीशाको अभिनय र सुन्दरताको फ्यान भएको बताइरहदा नायिका अधिकारीले भने आफू नरेश र सुनिलको प्रशंसक भएको बताइन् । सुनिलले नीशाको प्रशंसा गर्दा आफ्नो घरमा नरेशको जस्तो झगडा नपर्ने बताए । तर घरमा झगडा पर्दा पर्दै पनि नरेशले सार्वजनिक स्थलमै नीशा प्रतिको मोह व्यक्त गरेपछि अब उनको जीवनसंगीनले कस्तो प्रतिक्रिया दिने हुन्, त्यो हेर्न बाँकी नै छ ।
-अनलाइनखबर
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger