Headlines News :
Showing posts with label Sports. Show all posts
Showing posts with label Sports. Show all posts

विश्वकप छनौट खेल्ने क्रिकेट टोलीको विदाइ, उत्कृष्ट खेलाडीलाई टोयटा कार (भिडियो)

काठमाडौं– निजी क्षेत्रका विभिन्न कम्पनीहरुले आइसिसी विश्व ट्वान्टी–२० छनोटमा सहभागी हुन आइतबार राती युएई जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गर्दै विश्वकपमा छनोट भएमा विभिन्न पुरस्कारको घोषणा गरेका छन्।
नेपाल उधोग बाणिज्य महासंघका अध्यक्ष एवं भोइथ ग्रुपका अध्यक्ष सुरज बैद्यले आइतबार आयोजित विदाई कार्यक्रममा नेपाल ट्वान्टी–२० विश्वकपमा छनोट भएमा टोलीबाट उत्कृष्ट खेल्ने एक खेलाडीलाई टोयटा कार दिने घोषणा गरे।

भोइथसहित एस ट्राभल्स, एचएच बजाज, मेगा बैंक, एफवान सफ्ट, गोल्ड स्टार जुत्ता, युनिलिभर र किंग्स कलेजले नेपाली टोलीको विदाई गरेका हुन्। निजी क्षेत्रका यी कम्पनीले नेपाल ट्वान्टी–२० विश्वकपमा छनोट भएमा ५४ लाख बराबरको पुरस्कारको घोषणा गरेका छन्।

विश्वकपमा छनोट भएमा ७ कम्पनीले २–२ र किंग्स कलेजले १ खेलाडीलाई २ वर्ष सम्म व्यक्तिगत प्रायोजन गर्ने छ। जसअनुसार खेलाडीले प्रतिमहिना १५ हजार रुपैया पाउने छन्। गोलाप्रथाद्वारा गरिएको छनोटमा शक्ति गौचन र विनोद भण्डारी युनिलिभर ग्रुप, शरद भेषावकर र अनिल मण्डल एचएच बजाजमा, ज्ञानेन्द्र मल्ल र राहुल विक गोल्ड स्टार जुत्तामा, सुवास खकुरेल र अमृत भट्टराई मेगा बैंकमा, कप्तान पारस खड्का र जीतेन्द्र मुखिया भोइथ ग्रुपमा, प्रदीप ऐरी र अविनाश कर्ण एफवान सफ्टमा, वसन्त रेग्मी र महेश क्षेत्री एस ट्राभल्समा तथा सागर पुन किंग्स कलेजमा परेका थिए ।
प्रिजमा एडभरटाइजिङका कार्यकारी प्रमुख रन्जीत आचार्यको पहलमा नेपाल क्रिकेट संघको सहयोगमा भएको कार्यक्रममा युनिलिभरका श्रीकान्त श्रीनिवास माधवन, भोइथका सुरज बैध, एचएच बजाजका शेखर गोल्छा, मेगा बैंकका अनिल शाह, गोल्ड स्टार जुत्ताका अमिर राणा, पञ्चकन्याका प्रदीपकुमार श्रेष्ठ, एफवान सफ्टका विश्वास ढकाल, एस ट्राभल्सका सदीक्षा श्रेष्ठसहित सुवर्ण क्षेत्रीले नेपाली टोलीको विदाई गरे ।

उधोग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवंम पञ्चकन्याका प्रवन्ध निर्देशक प्रदीपकुमारले नेपाली टोलीका कप्तान पारस खड्कालाई र युवा उधमीहरुको संस्था एनवाइइफले उपकप्तान ज्ञानेन्द्र मल्ललाई शुभकामनासहित नगद १,१ लाख प्रदान गरे । पञ्चकन्याका प्रदीपमानले विश्वकपमा छनोट भएर आए खेलाडीले नसोचेको पुरस्कार प्रदान गर्ने घोषणा गरे ।

त्यस्तै मोडल भिसा कन्सलटेन्सीले समूह चरणका हरेक खेलमा म्यान अफ द म्याचमा चुनिने नेपाली टोलीका प्रत्येक खेलाडीलाई २५ हजार प्रदान गरिने घोषणा गरेको छ ।

एचएच ग्रुपका शेखर गोल्छालाई देशलाई अन्यौलले ढाकेको अवस्थामा सवै आशा क्रिकेट टोलीमा रहेको बताए । मेगा बैंकका अनिल शाहले 'हाम्रो होइन राम्रोलाई' प्राथमिक्ता दिदैं छोटो सुचनाका वावजुद नेपाली क्रिकेटलाई विदाईको अवसर दिन आएको बताउदै खेलाडीको आत्मविश्वास देख्दा विश्वकपमा पुग्ने आशा लिएको बताए ।

कप्तान पारसले खेलाडीहरुको बच्चा देखिको सपना पुरा गर्नु अघि उत्साहजनक विदाई कार्यक्रम भएको बताए ।

नेपाल समूह 'बी' मा अफगानिस्तान, नेदरल्यान्ड्स, स्कटल्यान्ड, केन्या, डेनमार्क, बर्मुडा र पपुवा न्यु गिनीसँगै रहेको छ । समूह 'ए' मा आयरल्यान्ड, क्यानाडा, युएई, नामिबिया, हङकङ, युगान्डा, अमेरिका र इटाली छन् । समूहका शीर्ष दुई टोली अर्को वर्ष बंगलादेशमा हुने विश्व ट्वान्टी–२० लाई सोझै छनोट हुनेछ । प्रत्येक समूहबाट शीर्ष पाँच टोली दोस्रो चरणमा पुग्ने छन् । नेपालले शुक्रबार डेनमार्कसँग खेलेर प्रतियोगिताको प्रारम्भ गर्नेछ।
भिडियो


नेपालको लक्ष्य घरेलु मैदानमा उपाधि जित्ने

१४ भदौ, काठमाडौं । शनिबारबाट काठमाडौंमा सुरु हुने साफ च्याम्पियनसिप फुटबलमा नेपाल आफ्नो पहिलो खेलमा बंगलादेशसँग भिड्दैछ । नेपाल र बंगलादेशबीचको उद्घाटन खेल साँझ साढे ६ बजेपछि दशरथ रंगशालामा हुनेछ । साफका लागि २० सदस्यीय नेपाली टोलीको घोषणा भइसकेको छ । स्ट्राइकरमा यू-१६ का विमल घर्तिमगर पनि छन् ।
Saff-championship-2013नेपाली टोलीका कप्तान सागर थापाले उद्घाटन खेल सबैभन्दा महत्वपूर्ण रहेकाले पहिलो खेल जित्दै उपाधिको दाबेदारका रुपमा प्रस्तुत हुने वताए  । ‘बंगलादेशसंग हामी अहिलेसम्म आत्तिएर खेल्ने अनि पुरानो गल्ती दोहोर्‍याउने गर्छौं’, शुक्रबार भएको प्री म्याच कन्फेरेन्समा कप्तान थापाले भने-’तर, यसपालि ती सबै कमी कमजोरीहरु सच्याएर खेल्छौँ । जितका लागि कडा मेहेनतका साथ मैदान उत्रिन्छौ’।’
नेपालका प्रमुख प्रशिक्षक ज्याक स्टेफानोस्कीले प्रतियोगिताका लागि तयारी राम्रो रहेको भन्दै घरेलु मैदानमा राम्रो प्रदर्शन गर्ने बताए । घरेलु मैदान र समर्थकको हौसलासंगै उपाधि उचाल्न चाहेको भन्दै उनले भने-’टोलीमा सबै खेलाडी फिट छन् । केही नयाँ अनुहारका पनि छन् । टिम वर्क राम्रो छ । त्यसैले हामीले प्रतिद्वन्द्वीलाई कडा चुनौति दिनेछौं ।’
बंगलादेशका प्रशिक्षक लोडेविक्रक डी क्रुफले उपाधिका लागि आफूहरु दाबेदार नभएको वताए । तर, आफ्नो टोलीले प्रतियोगितामा राम्रो खेल पस्कने उनले बताए । उनले उपाधिको दावेदार नेपाल, भारत र अफगानिस्तान भएको बताए । पहिलो खेलमै घरेलु टोली नेपालको सामना गर्ने भएकाले पनि आफुहरुमाथि केही दबाव परेको उनले बताए ।
भारतमा २ वर्षअघि भएको प्रतियोगितामा नेपाल सेमिफाइनलबाट बाहिरिएको थियो । २००३ मा साफको उपाधि जितेको बंगलादेश अघिल्लो संकरणमा भने समूह चरणबाटै बाहिरिएको थियो ।
कसले के भने ?
पत्रकार सम्मेलनमा डिफेण्डिङ च्याम्पियन भारतका प्रशिक्षक विम कोभरम्यान्सले आफूहरुले उपाधि रक्षा गर्न तयार रहेको बताए । उनले भने-’हामी सातौँ साफ च्याम्पियनसिपको विजेता हौँ । त्यसैले पनि हामीलाई उपाधि उचाल्नै पर्ने दबाव छ ।’ उनले सवै खेल जित्दै फाइनलमा स्थान बनाउने लक्ष्य रहेको वताए । कप्तान सुनिल क्षेत्रीले पनि उपाधि उचाल्नु नै टोलीको पहिलो लक्ष्य रहेको बताए । उनले भने-’घरेलु मैदानबाहिर प्रतियोगिता खेल्न आएकाले हामीलाई केही दबाब छ र हुन्छ नै । तर, हामी उपाधि भिडन्तका लागि तयार छौँ ।’
अफागानिस्तानका प्रशिक्षक यसुफ कार्गरले आफूहरु उपाधि उचाल्ने अभिलाषाका साथ नेपाल आएको वताए । उनले भने-’खेलाडीहरुबीच राम्रो टिम वर्क छ । सबै फममै छन् । उपविजेता पनि भएकाले हामीमाथि उपाधि उचाल्ने दबाब छ ।’
भुटानका प्रशिक्षक काजुनोरी ओहाराले सेमिफाइन पुग्ने मूख्य लक्ष्य रहेको बताए । राम्रो खेल पस्केर अप्रत्यासिक नजिता दिलाउने भन्दै उनले भने-’प्रतियोगिताका लागि तयारी त्यत्ति राम्रो गर्न पाएनौँ । दुई हप्तामात्रै तयारी गरेर आएका छौं । तैपनि अप्रत्यासिक नजिता निकाल्ने प्रयास गर्छौँ ।’
श्रीलंकाका प्रशिक्षक एसी रोर्वेटोले आफूहरु प्रतियोगिताका लागि तयार रहेको वताए । आफ्नो समूहमा सबै टोली बलियो भएकाले सवै प्रतिद्वन्दीलाई सहज रुपमा नलिने उनले बताए । उनले भने-’सवै टोली उत्तिकै बलिया छन् । तर हामी कडा चुनौती दिनेछौँ । ‘
पाकिस्तानका प्रशिक्षक साहजेद अनुवारले तयारी सन्तोषजनक रहेको वताए । उनले प्रतिद्वन्दी जहिलेपनि गाह्रो हुने भएकाले कोही टोलीलाई पनि हल्का रुपमा नलिने वताए । माल्दिभ्सका प्रमुख प्रशिक्षक बेलाले आफ्नो टोलीले राम्रो प्रदर्शन गर्ने वताए । उनले भने-’हामी राम्रो टिम हौँ । तर, बलियो टिम भने होइनौँ । तैपनि खेलाडीले प्रतिस्पर्धात्मक खेल पस्कनेछन् ।’

गणेश थापा फेरि एन्फा अध्यक्ष हुने पक्का

७ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघको अध्यक्षमा फेरि गणेश थापा नै निर्वाचित हुने पक्का भएको छ । एन्फाको कार्यकारीणी समितिको शुक्रबार बसेको बैठकले कार्तिक ७ गते हुने साधारण सभामा वर्तमान अध्यक्ष थापालाई एन्फाको आगामी कार्यकालको निरन्तरताको निम्ति अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको हो ।ganesh-thapa
एन्फाको निर्णयसँगै थापा फेरि अध्यक्ष हुने पक्का जस्तै भएको छ । गत वर्ष एन्फाले विधान संशोधन गरेर अध्यक्षको उम्मेदवार हुन पदाधिकारी हुनु पर्ने व्यवस्था कायम गरेको थियो ।
बैठकले राष्ट्रिय खेलकुद परिषदबाट स्विकृत कार्तिक ७ गते काठमाडौंमा संघको १४ औं बाषिर्क साधारण सभा तथा निर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचनका लागि अधिवक्ता केशब भट्टराईको संयोजकत्वमा रामेश्वर श्रेष्ठ र राजाराम ढकाल रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको एन्फाले जननाएको छ ।
साधारण सभामा बी डिभिजनका क्लबहरुबाट ७ को सट्टा ७ र सी डिभिजनका क्लबबाट ३ को सट्टा ५ मताधिकारसहितको प्रतिनिधि प्रस्ताव गर्ने निर्णय भएको एन्फाले जनाएको छ ।

Love Story Nepal Images and Labels

News, Filmy, Entertainment, Bichitra Sansar, Sports, Mix Masala, Science and Technology, Health Sex, English News

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger