Headlines News :
Home » » श्रीमानसँग यौन सम्पर्क गर्न मन नलाग्नुका कारणहरु

श्रीमानसँग यौन सम्पर्क गर्न मन नलाग्नुका कारणहरु

Written By Admin on Friday, November 29, 2013 | 6:02 PM

यौन मानवजीवनको अभिन्न अङ्ग हो र स्वाभाविक पनि। मानवमनमा यौनेच्छा एकदम स्वाभाविक हो। भोक, निद्रा, प्यासजस्तै यौन पनि आवश्यक कुरा हो मानव जीवनका लागि प्रकृतिले नै दिएको। यौनेच्छा तपाईंमा एकदमै छ भन्ने कुरा त पत्रबाटै प्रस्ट छ। श्रीमान्सँग किन मन नलागेको ? यौनेच्छा कसैमा बढी हुन्छ भने कसैमा कम। एउटै व्यक्तिमा पनि कहिले बढी र कहिले कम हुनसक्छ। तपाईंले श्रीमान्सँग यौनसम्पर्क गर्न नचाहनु भएको विषयमा सीमित जानकारी मात्र दिनुभएकाले यसै भन्न सकिने स्थिति छैन। यद्यपि यसको केही पक्ष केलाऔं। यौनसम्पर्क पीडापूर्ण हुँदा महिलामा त्यसप्रतिको रुचि कम हुँदै जान सक्छ भने केही दीर्घरोगको पनि यस्तै प्रभाव पर्न सक्छ। अर्कातिर यौनप्रतिको गलत मानसिकता अर्थात् यो खराब हो भन्ने प्रभाव कसैमा परेको छ भने ऊ सहजै यौनक्रियाकलापमा संलग्न हुन सक्दैन। यौनसम्बन्धी मूल्य-मान्यताको विकास हुँदा यदि मनमा गहिरो प्रभाव परेको छ भने त्यसलाई सजिलै परिवर्तन गर्न सकिँदैन। कतिपय स्थितिमा आफैंभित्र मानसिक विरोधाभास भए यस्तो परिस्थिति देखा पर्न सक्छ। त्यसबाहेक दैनिक जीवनमा आइपर्ने तनावहरू जस्तै- चिन्ता, निराशा, थकाइ, अन्तरव्यक्ति सम्बन्धको चिसोपन तथा दम्पतीबीचको तनाव आदि यसका कारण हुन सक्छन्। तपाईंले ती विषयमा पनि खासै जानकारी दिनुभएको छैन। यौनसम्पर्क गर्न नमानेको कुरालाई लिएर झगडा हुने कुराले पनि परिस्थितिको गम्भीरतालाई देखाउँछ। तपाईंको श्रीमान्मा पनि तपाईंको यौनेच्छा कसरी पूरा हुन्छ भन्ने कुरामा अनेक शंका हुन सक्छ। किन चरमसुख नपाएको ? तपाईंले श्रीमान्सँगको सम्बन्धबाट यौन चरमसुख नपाएको कुरा गर्नु भएको छ। कुनै पनि व्यक्तिले यौन चरमसुख पाउने कुराले उसको शारीरिक पक्षका साथै मानसिक पक्षसँग अन्तरङ्ग सम्बन्ध राख्छ। त्यसका लागि व्यक्ति मानसिक रूपमै तयार हुनु आवश्यक छ र उत्तेजनाका सन्देश उसले शारिरिक रूपमा प्राप्त गर्न बाह्य कुराले सहयोग गर्ने हो। यस अर्थमा अर्को व्यक्तिले यौन चरमसुख पाउने नपाउने कुराको जिम्मा लिन वा ग्यारेन्टी गर्न सकिँदैन, सहयोग गर्न मात्र सक्ने हो। यौन चरमसुख पाउने त आफैंले


महिलाको सबैभन्दा बढी यौन संवेदनशील अङ्ग भगांकुर हो। प्रायःजसो महिलाले यही अङ्गको घर्षणबाट नै यौन सन्तुष्टि प्राप्त गर्छन्। महिला तल र पुरुष माथि भएर सामान्यतः गरिने यौनसम्पर्कमा लिङ्गले भगांकुरलाई घर्षण गर्दैन। भगांकुर चलाउन औंला नै बढी सहयोगी सावित हुन सक्छ भने आसन परिवर्तन अर्थात् महिला माथि रहेर गरिने यौन आसनले पनि फरक पार्न सक्छ। महिलाको योनिको बाहिरी -योनिद्वारनेरको) भाग यौन संवेदनशील हुन्छ न कि भित्री भाग। लिङ्गले योनिमा घर्षण गर्न सहयोग गर्छ। तपाईंले श्रीमान्बाट यौन चरमसुख प्राप्त गर्न नसक्नुमा कतै मानसिक पक्ष नै कारक हो कि जस्तो बुझिन्छ। के हस्तमैथुनले पनि यस्तो गराउँछ ? महिलाहरूले पुरुषको तुलनामा केही कम हस्तमैथुन गर्ने भए पनि धेरैजसो महिलाले हस्तमैथुन गरेका हुन सक्छन्। केही यो कुरामा निकै अभ्यस्त हुन्छन्। अध्ययनहरूले यस्तै ७० प्रतिशत विवाहित पुरुष तथा महिलाले हस्तमैथुन गर्ने बताएका छन्। करिब ४० प्रतिशत महिला यौनसम्पर्कभन्दा हस्तमैथुन गर्न मन पराउँछन्। हस्तमैथुन गर्ने कार्यमा अभ्यस्त भएपछि कतिपय व्यक्तिले कसरी आफू सजिलै यौन चरमसुखको स्थितिमा पुग्ने भन्ने कुरा सिक्छन् र बारम्बार त्यसको प्रयोग गर्न थाल्छन्। यस्तो स्थितिमा व्यक्तिले यौनसम्पर्कभन्दा आफू अभ्यस्त भैसकेको कुराबाट सजिलै चरमसुख प्राप्त हुने भएकाले हस्तमैथुन गरेर यौन आनन्द लिने कुरालाई प्राथमिकता दिन सक्छ। विवाह वा यौनसम्पर्कको मौका नियमित रूपमा प्राप्त भएपछि हस्तमैथुनमा केही कमी आए पनि बिल्कुलै बन्द हुन्छ भन्नेचाहिँ होइन। समाधान के त ? विवाहपछिको यौनसम्पर्क वास्तवमा ‘सम्भोग’ हुनुपर्ने हो तर माथि भनिएजस्तै सधंै एकसाथ दुवैले यौन चरमसुख प्राप्त गर्न नसकिएला। भगांकुरलाई हात वा औंलाले नै चलाएर यौन चरमसुख प्राप्त गर्न सहयोग गर्न सकिन्छ। योनि, स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण अनि चलाउने जस्ता अनेक क्रियालापमा श्रीमान्लाई संलग्न गराउन सकिन्छ। त्यसबाहेक अन्य अनेक नयाँ प्रयोगहरू गर्न सकिन्छ। यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ। यसले यौनसम्पर्कमा संलग्न दुवै जनालाई यौन चरमसुख प्राप्त गर्न मद्दत गर्छ। साथसाथै चरमसुख प्राप्त गर्नु सजिलो कुरा होइन र हरेक पल्ट प्राप्त हुनुपर्छ भन्ने पनि छैन। एकसाथ पाइएन भने पीर गर्नु पर्ने आवश्यता छैन, पालैपालो यौन चरमसुख प्राप्त गरे पनि हुन्छ।
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger