Headlines News :
Showing posts with label Science and Technology. Show all posts
Showing posts with label Science and Technology. Show all posts

कसरी जोगाउने पेन ड्राइभ ?

कसरी जोगाउने पेन ड्राइभ ?
डाटा स्टोरका लागि हिजोआज पेन (फ्लास) ड्राइभको प्रयोग बढ्दो छ। डाटा स्टोरेज गर्ने यो सानो डिभाइसको मूल्य दिन दिनै सस्तो हुँदा प्रयोगकर्ता अझ बढ्दै छन्। सानो आकार भएका कारण बोकेर हिँड्न सजिलो हुने भएकाले पेन ड्राइभ विश्वमै लोकप्रिय छ। यसलाई राम्रोसँग हेरचाह गरे डाटा सुरक्षित राख्न र आयु लम्ब्याउन पनि सकिन्छ। धेरै क्षमताको पेन ड्राइभ किन्नु मात्र ठूलो कुरा होइन। यसलाई सावधानीपूर्वक चलाएर लामो समयसम्म टिकाउनु महत्वपूर्ण छ। पेन ड्राइभलाई लामो समयसम्म टिकाउन र डाटालाई सुरक्षित राख्न महत्वपूर्ण ७ टिप्स:

भाइरस सार्ने ठूलो माध्यम
पेन ड्राइभ डाटा स्टोरका लागि विश्वभरि नै लोकप्रिय छ। तर पेन ड्राइभ विश्वमै अफलाइनबाट भाइरस सार्ने चल्तीको माध्यम पनि हो। कम्प्युटरको सफ्टवेयर र हार्डवेयरलाई ध्वस्त पार्ने मुख्य सत्रु भाइरस हो। तपाइँ पेन ड्राइभ प्रयोगकर्ता हुनुहुन्छ भने आफ्नो डिभाइस भाइरसमुक्त भएको कुरामा पहिला ढुक्क हुनुपर्दछ। यदि पेन ड्राइभ भाइरस इन्फेक्टेड छ भने यो स्वत कम्प्युटरमा सर्छ। कम्प्युटरमा प्रयोग गर्नु अगाडि पेन ड्राइभलाई भाइरस स्क्यान गर्नैपर्छ। कुनै कम्प्युटरमा पेन ड्राइभ अटो स्क्यान गर्ने एन्टिभाइरस सफ्टवेयर पनि राखिएको हुन्छ। त्यसले नयाँ हार्डवेयर इन्स्टल गर्ने बित्तिकै स्वत भाइरस स्क्यान गर्न थाल्छ। यो पेन ड्राइभलाई भाइरसमुक्त राख्ने सबैभन्दा सुरक्षित उपाय हो। तर ख्याल गर्नुपर्ने कुरा के हो भने कम्प्युटरको एन्टीभाइरस सफ्टवेयर सधैँ अपडेटेड हुनुपर्दछ। नयाँ भाइरसले पुरानो एन्टिभाइरस सफ्टवेयरलाई पहिचान गर्न र स्क्यान गर्न सक्दैन।

धुलो र पानी मुख्य शत्रु
पेन ड्राइभ आफैँमा सम्वेदनशील डिभाइस भएकाले यसलाई सवाधानीपूर्वक चलाउनुपर्छ। यो सानो डिभाइस बोकेर हिँड्दा सावधानी अपनाउनुहोस्। खाने कुरा र तरल पदार्थमा खस्नबाट जोगाउनुहोस्। पानी र धुलोबाट यसलाई सधैँ टाढै राख्नुहोस्। यी कुराहरुले डाटा हराउने खतरासँगै पेन ड्राइभ कामै नलाग्ने गरी बिग्रन सक्छ। तपाइँमा सामानलाई सावधानीपूर्वक चलाउने बानी छ भने जस्तो पेन ड्राइभ किने पनि फरक पर्दैन। तर तपाइँको ह्यान्डलिङ रफ छ भने पानी, धुलो, तापक्रम र करेन्ट प्रतिरोधात्मक पेन ड्राइभ किन्नु उपयुक्त हुन्छ। अहिले बजारमा यस्ता पेन ड्राइभ पनि पाइन्छन्।

स्पार्कबाट जोगाउनुहोस्
पेन ड्राइभलाई कम्प्युटरमा छिराउनु अघि आफूलाई कुनै धातुसँग छुवाउनुहोस्। यसले मान्छेको शरीरको इलेक्ट्रोस्टेटिक डिस्चार्जलाई सोस्ने काम गर्छ। यदि यसो नगरेमा कहिले कहीँ तपाइँ र कम्प्युटरबीचको इलेक्ट्रोस्टेटिक डिस्चार्जले हार्डवेयर अथवा पेन ड्राइभलाई फेरि कहिलै नबन्ने गरी क्षति पु¥याउन सक्छ।
घाँटीमा झुन्ड्याउनुहोस्
पेन ड्राइभ खसेमा यसमा भएको डाटा हराउने वा ड्यामेज हुन सक्छ। पेन ड्राइभलाई खस्नबाट जोगाउन धेरै उपायहरु अपनाउन सकिन्छ। मालाको रुपमा घाँटीमा झुन्ड्याउन अथवा ब्याकप्याकमा अट्याच्ड गरेर यसलाई सुरक्षित पार्नसकिन्छ। पेन ड्राइभलाई कि रिङमा राखेर पनि खस्नबाट जोगाउन सकिन्छ। याद गर्नुहोस् बजारमा पाइने अन्य कि रिङभन्दा युएसबी कि रिङ प्रयोग गर्नु उत्तम उपाय हो। यो युएसबी कि रिङमा अरु चाबी नराखी हल्काफुल्कै राख्नुपर्छ। कि रिङ धेरै भारी भएमा कम्प्युटरमा कनेक्ट गर्ने बेलामा पेन ड्राइभ र युएसबी पोर्ट दुवैमा त्यसको भार पर्न जान्छ। जसले गर्दा पोर्ट र पेन ड्राइभ क्षति हुने खतरा बढी हुन्छ।

हेड लक नहराउनुहोस्
पेन ड्राइभलाई प्रयोग गरिसकेपछि त्यसको हेड लक वा बिर्को बन्द गर्न नर्बिसिनुहोस्। यो पेन ड्राइभ प्रयोगकर्ताले ध्यानमा राख्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा हो। यही एउटा टिप्स मान्नु भयो भने पनि तपाइँले आफ्नो पेन ड्राइभको आयु उल्लेख्य लम्ब्याउन सक्नुहुन्छ। बिर्को खुलै राखेमा पेन ड्राइभमा धुलो पसेर त्यसको कार्य क्षमता घटाइदिन्छ। त्यसैले काम सकिएपछि पेन ड्राइभलाई बिर्को लगाएर सुरक्षित पार्नुहोस्। हिजोआज डिभाइसको भित्री भागमै हेड लक भएका पेन ड्राइभ पनि बजारमा पाइन्छ। बढी क्षमता भन्दा लामो समयसम्म टिकाउका लागि राम्रो फिचर भएका पेन ड्राइभ किन्नु बुद्धिमानी हुन्छ।

बारम्बार डिफ्र्याग्मेन्ट नगर्नुहोस्
क्षमता बढ्छ भनेर बारम्बार डिफ्र्याग्मेन्ट गर्ने बानी धेरैको हुन्छ। यसले पेन ड्राइभलाई अनावश्यक तनाब मात्रै दिन्छ। किनभने डिफ्र्याग्मेन्ट गर्नाले पेन ड्राइभको क्षमता बढ्दैन।

सेफ्ली रिमुभ गर्नुहोस्
धेरै प्रयोगकर्तामा पेन ड्राइभ प्रयोग गरिसकेपछि त्यसलाई सेफ रिमुभल नगरी कम्प्युटरबाट तान्ने बानी हुन्छ। यसो गर्नाले पेन ड्राइको डाटा हराउने र डिभाइसको कार्य क्षमता घट्ने हुन्छ। त्यसैले काम सकिएपछि रिमुभ सेफली अप्सन प्रयोग गर्नुपर्छ। कम्प्युटरबाट पेन ड्राइभ झिक्नु अघि सेफली रिमुभ हार्डवेयरले काम गरे नगरेको ख्याल राख्नुपर्छ। काम गरिरहेको अवस्थामा पेन ड्राइभमा सानो बत्ती बलिरहेको हुन्छ। बत्ती बलिरहेको अवस्थामा कम्प्युटरबाट पेन ड्राइभ नतान्नुहोस। बत्ती निभेपछि मात्रै पेन ड्राइभ झिक्नुहोस्

बसन्तले बनाए हेलिकोप्टर (फोटो फिचरसहित)

भरतबन्धु थापा
१४ भदौ, भक्तपुर। रामेछापका एक युवाले हेलिकोप्टर बनाएका छन् । रामेछापको मेगपा स्थायी घर भएका २७ वर्षीय बसन्त श्रेष्ठले बनाएको साढे २ मिटर लम्बाइको हेलिकप्टर शुक्रबार पू्जाअर्चना गरे इथाचामा परीक्षण गरिएको छ ।
भक्तपुर ताथली ८ इथाचामा बस्दै आएका श्रेष्ठले बनाएको हेलिकोप्टर हेर्न स्थानीयको भिड लागेको थियो । परीक्षणका क्रममा हेलिकोप्टरको पखा केही समय घुम्ने अनि बन्द हुने भएको थियो ।
BASANTA-KO-HELICOPTER
हेलिकप्टरमा मोटरसाइकलमा प्रयोग हुने दुईवटा इन्जिन लगायतका सामान प्रयोग गरि बनाइएको हेलिकोप्टरको नाम एभरेष्ट कोप्टर बीएस १-९८ नं. दिइएको छ । जसमा २ जनासम्म बस्न मिल्छ ।
पाइलट पढ्न नपाएपछि आबिस्कार
विसं २०६० सालको एसएलसी पास गरेपछि श्रेष्ठले गुरुकूल ओपन स्कुलबाट आइएस्सी सकाए । त्ससपछि सिवानी एयरमा नाम पनि निकाले ।
नाम त निक्लियो तर, आफूले पढ्न चाहेको पाइलट अध्ययनका लागि आर्थिक क्षमताले नभ्याउने भएपछि उनले स्वअध्ययन गर्न थाले । ‘मेरो उद्देश्य नै पाइलट बन्नुथियो तर, पैसा नहुँदा पढ्न नसकेपछि मैले पढ्ने काम छोडेर आफैं हेलिकोप्टर बनाउनतिर लाग्छु भनेर लागेको हुँ ।’ उनले भने । उनका अनुसार उनले बनाएको सो हेलिकोप्टर नेपालमा चलिरहेकाभन्दा निक्कै फरक छ ।
BASANTA-KO-HELICOPTER-1
हेलिकोप्टर बनाउनका लागि करिब साढे पाँच लाख रकम खर्च भएको श्रेष्ठले बताए । उनले एक दिन हेलिकोप्टरमा उडाएर देखाउने बताए । एक सामान्य किसान परिवारमा जन्मेका श्रेष्ठको उक्त सफलताबाट उनका परिवार र आफन्त मात्र हैन इथाचाका स्थानीयहरु पनि दंग र खुसी छन् । सँधै केही न केही ल्याएर काम गरिरहन्थ्यो । ‘के गर्न लागेको भन्दा यस्तै सामान्य कुरा मात्र हो भन्थ्यो, आखिरीमा हेलिकोप्टर पो बनाएको रहेछ’-स्थानीय रमेश प्रजापतिले भने ।
BASANTA-KO-HELICOPTER-2
BASANTA-KO-HELICOPTER-3
BASANTA-KO-HELICOPTER-4
BASANTA-KO-HELICOPTER-5


मोबाइलको ब्याट्री यसरी चार्ज गर्नुस् लामो समय टिकाउनुस्

यदी तपाईले आफ्नो मोवाइल फोन को व्याट्रीको लाइफ बढाउन चाहनुहुन्छ भने त्यसलाई फुल चार्ज नगर्नुस् । एक प्रविधी विशेषज्ञका अनुसार मोबाइल फोनको ब्याट्रीलाई लामो समय चलाउन ब्याट्री मात्र ५० प्रतिशत चार्ज गर्नुपर्ने हुन्छ ।
प्रविधी विषेशज्ञ एरिक लाइमरले दिएको जानकारी अनुसार मोबाइल फोनको ब्याट्रीलाई लामो समय टिकाउनका लागि ५० प्रतिशत मात्र चार्ज गर्नु उपयुक्त हुन्छ ।
लाइमरका अनुसार धेरै चार्ज गर्ने र पुरै ब्याट्री सक्ने गरे फोनको ब्याट्रीमा खराबी आउँछ । मोबाइल लामो समय चार्ज गर्दा फोन र ब्याट्री तात्ने र त्यसले फोन तथा ब्याट्रीको जीवन घटाउने लाइमरले बताएका छन् ।mobile charge

फेसबुकबाट पत्ता लाग्छ आत्महत्याको चाहना, त्यसैले सुटुक्क मर्नुहोस् इच्छा छ भनेदेखी

जीवनदेखि विरक्तिएर कसैले आत्महत्या गर्ने सोचाइ बनाएको छ भने अब सामाजिक सञ्जालबाट त्यसको पत्ता लाग्ने भएको छ ।
ड्रकहेम नामको एक परियोजनाले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) नामको प्रबिधि प्रयोग गरेर मानिसले सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर आदि) मा पोष्ट गरेका शब्द र वाक्यबाट आत्महत्याको चाहना पत्ता लगाउछ ।
जुलाई २ मा शुरु भएको यस परियोजनाले अहिले वृद्ध सैनिकहरुमा काम सुरु गरेको छ । वृद्ध सैनिकहरुमा आत्महत्याको दर उच्च रहेको पाइएको छ । परियोजनाले वृद्ध सैनिकहरुको ल्यापटप वा एन्ड्रोइड डिभाइसमा एउटा एप्लिकेसन राख्छ ।
एप्लिकेसनले ती व्यक्तिले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेका हरेक कुराको रेकर्ड मेडिकल डाटावेसमा राख्छ । त्यो रेकर्डलाई पछि एआईको प्रयोगले विश्लेषण गर्छ ।
यस परियोजनाले आत्महत्या गर्न चाहने सबै व्यक्तिको बारेमा भन्छ भन्ने छैन तर अध्ययन अनुसार आत्महत्या गरेका ६५ प्रतिशत वृद्ध सैनिकहरुले आफ्नो सामाजिक सञ्जालमा केही न केही संकेत छोडेको पाइएको छ ।
यही आधारमा सुरु भएको परियोजना पूर्ण सफल नभए पनि आत्महत्या र सामाजिक सञ्जाल बिचको सम्बन्धलाई थाहा पाउन सहयोगी हुने विज्ञहरुको अनुमान छ ।
तर आत्महत्या गर्न चाहने ब्यक्तिले आफ्नो भावना बारेमा बताउन चाहदैनन् । यो परियोजनामा भने व्यक्तिको चाहनामा मात्र भाग लिइन्छ ।fb

मोबाइल किन्दा ध्यान दिनुपर्ने कुरा

एक नम्बरी मोबाइल सेट -वैधानिक) मासिक ७५ हजारको हाराहारीमा बिक्री हुन्छन् भने दुईनम्बरी -अवैधानिक) ५० हजारको हाराहारीमा बिक्री हुन्छन्, उपभोक्ताले आफू एकनम्बरी सेटको उपभोक्ता हुने कि दुईनम्बरी उपभोक्ता हुने विचार पुर्‍याउनुपर्छ।
प्रत्येक मोबाइल सेटको आफ्नै परिचय हुन्छ। मोबाइलको ‘आइएमइआई’ नम्बर उसको परिचय हो। एकनम्बरी मोबाइल सेट बोक्ने उपभोक्ता त्यो आइएमइआई नम्बरको आधिकारिक उपयोगकर्ता हो, जसको बलियो प्रमाण उसँग हुन्छ।mobal
उपभोक्ताले आधिकारिक कम्पनीको आधिकारिक सो-रुमबाट वारेन्टी सहितको मोबाइल सेट खरिद गर्नुपर्छ। वारेन्टी मोबाइल सेट बेच्ने पसलको होइन, आधिकारिक कम्पनीको हुनुपर्छ। पसलको वारेन्टी लिने हो भने भोलि कुनै सो-रुम बन्द हुनसक्छ, त्यो बेला उपभोक्ताले के गर्ने भनेर बेलैमा सोच्नुपर्छ। कम्पनीको वारेन्टी सर्भिस लिइयो भने सर्भिस सेन्टरमा गएर सेवा लिन सकिन्छ।
हामी लत्ताकपडा किन्दा त प्याक गरेर राखिएको खरिद गर्छौ भने मोबाइल त टेक्निकल डिभाइस हो, त्यसकारण मोबाइल सेट खरिद गर्दा सिल प्याक गरिएको सेट मात्र लिनुपर्छ। सिल प्याक गरिएको लिनु भन्नुको एउटा कारण, कसैले कुनै सेट खरिद गरेर १० दिन चलाएपछि पसलेलाई फिर्ता गर्‍यो भने उसले धेरै कम मूल्य लिएर फिर्ता गरेको हुन्छ। यस्ता सेट हेर्दा नयाँ देखिन्छन् अथवा पुरानै भयो भनें पनि हाउजिङ फेरेर नयाँ बनाइएको हुनसक्छ, कम्पनीले तोकेको अधिकतम खुद्रा मूल्यभन्दा धेरै सस्तोमा कुनै पसलेले मोबाइल दियो भने उपभो क्ताले त्यसमा शंका गर्नुपर्छ।
मल्टिनेसनल ब्रान्डमा नोकियाले रिटेल सो रुमलाई अधिकतम खुद्रा मूल्यमा बढीमा ८ प्रतिशत, सामसुङले १० तथा एलजीले १२ प्रतिशतसम्म छुट दिएका हुन्छन्, वैधानिक तवरले भित्रिएका र सिल प्याक भएका सेटमा त्यसभन्दा बढी छुट हुँदैन भने कसैले त्योभन्दा बढी छुट दिने बित्तिकै उक्त मोबाइल सेट अवैधानिक हो भन्ने बुझे हुन्छ। रिटेल सो रुमले वैधानिक सेटमा अधिकतम खुद्रा मूल्यमा बढीमा ५ प्रतिशत मात्र छुट दिन सक्छन्, किनभने उनीहरूको घरभाडा, स्टाफ खर्च र कमाइ त्यही थोरै मुनाफाले चलेको हुन्छ।
वैधानिक मोबाइल हो कि होइन भन्ने कुरा चिन्न सजिलो छ। वैधानिक मोबाइल सेटमा नेपालस्थित आधिकारिक विक्रेताको होलो ग्राम टा ँसिएको हुन्छ। ब्याट्रीमा टाँसिएको उक्त होलोग्राम वैधानिक सेटका लागि अनिवार्य हुन्छ। विश्वको जुनसुकै स्थानमा पनि लोकल आधिकारिक अधिकृत विक्रेताको सिल ट्याग हुन्छ नै।
मोबाइल सेट सस्तो हुनुको अर्को कारण ओर्जिनल मोबाइलको ब्याट्री, चार्जर, मेमोरी साटेर डुब्लिकेट राखेर दिइनु पनि हो। मोबाइल खरिद गरिसकेपछि उपभोक्ताले मोबाइल लिएर सिधै त्यसको सर्भिस सेन्टरमा लगेर देखाए वास्तविकता थाहा भैहाल्छ। सर्भिस सेन्टरले आफ्नो मो बाइल सेट र त्यसका विभिन्न उपकरणको क्वालिटीका बारेमा सही जानकारी दिन्छन्।
मोबाइलको आइएमइआई नम्बर सर्भिस सेन्टरले हेरेपछि त्यो प्रोडक्ट नेपालका लागि वैधानिक रुपमा भित्रिएको हो- होइन बताउँछ, भारत, सिंगापुर, हङकङ, दुबइका लागि बिक्री गरिएको सेट हो भने सर्भिस सेन्टरले जानकारी दिन्छ। सर्भिस सेन्टरले मोबाइलको ब्याट्री, हेडफोन, मे मोरी कार्ड ओर्जिनल हो होइन भन्ने जानकारी पनि दिन्छ।
वारेन्टी कार्ड गलत हो कि होइन भन्ने कुरा पनि आधिकारिक सर्भिस सेन्टरले जानकारी दिन्छ।
सस्तो सेट खरिद गरेर पसलेसँग दिनहँु किचकिच गरी रहने कि ओर्जिनल सेट खरिद गरेर सर्भिस सेन्टरबाट सुविधा लिने उपभोक्तामा निर्भर छ।

देश–विदेशमा यसरी मिल्छ निशुल्क फोन गर्न- भाईवर एप्स

हामि दैनिक जसो धेरै रुपयाँ फोनमा खर्च गरिरहेका हुन्छौं । निशुल्क फोन गर्न मिल्ने बिभिन्न प्रबिधिको विकास भैरहे पनि हामि कहिले प्रबिधि प्रयोगको झण्झटले त कहिले त्यो बारे थाहा नै नभएर पनि उक्त प्रबिधि प्रयोग गरिरहेका हुँदैनौं । अत पछिल्लो समय बिकास भएका यस्ता प्रबिधिको प्रयोग गरे पैसा पनि बचत हुने र आधुनिक पनि भईने पक्का छ ।
देश तथा बिदेशमा निशुल्क फोन गर्नका लागि अहिले भाईवर एप्सको प्रयोग भैरहेका छ संसारभर । हामिले पनि उक्त प्रबिधि किन प्रयोग नगर्ने ?
viber
यदि तपाईसंग एन्ड्रोईड मोबाईल छ भने भाईबर एप्स अवश्य प्रयोग गर्नुहोस् ।
भाईवर फोन गर्दा तथा म्यासेज पठाउदा पैसा नलाग्ने एप्स हो । लामो समयसम्म फोनमा कुरा गरिरहनुपर्ने व्यक्तिहरुको लागी यो एप्स प्रयोग गर्नु भनेको आपँ पनी झार्नु र लौरोपनी नअड्किनु जत्तिकै हो । निशुल्क फोनको लागी निकै प्रभावकारी यो एप्स दुईचार हजार मानिसले मात्र प्रयोग गरेका छैनन् करौडौ मोबाईलमा डाउनलोड भईसकेको छ ।
त्यस्तै एक पटक एप्स सेटिङ गरिसकेपछि प्रत्येक पटक साईन अप गर्नुपर्ने जस्ता झन्झट आईपर्ने छैन । अनलाईनमा आउना साथ स्वतं भाईवर प्रयोगकर्ताको लिष्ट पाउन सकिनेछ । त्यस्तै मोवाईल कलको लागी थ्रिजी तथा वाईफाईको माध्यमवाट उत्कृष्ठ क्वालिटीमा फोन गर्न सकिन्छ ।
निः शुल्क फोन तथा म्यासेज गर्न मिल्ने महत्वपुर्ण भाईवर एप्सको वारेमा जानकारी थाहा पाउनु भएको थिएन भने अव चै तपाई पनी यो एप्स प्रयोगको लागी उत्साहित हुनुहुन्छ होला हैन रु तपाई मात्रै हैन, भाईवर एप्स प्रयोग गर्दै आईरहेका प्रयोगकर्ताहरु पनी निकै खुसी र उत्साहित रहेको पाईएको छ । गुगल प्लेमा भाईवर एप्स कस्तो लागिराछ भनेर राखिएको जनमतमा लाखौ मानिसले धेरै राम्रो एप्स भनेर रेटिङ गरेका छन् ।
साधारण भन्दा साधारण मोबाईलमा भने यो एप्स इन्सटल गर्न सकिदैन । स्मार्ट टेक्नोलाजीमा आधारित मोवाईलमा मात्रै डाउनलोड गर्न सकिन्छ । एन्ड्रोईड, विण्डोज ,आईफोन, नोकिया, ब्ल्याकवेरी लगायतका अपरेटिङ सिस्टम भएको स्मार्ट फोनमा दुवै तर्फ यो एप्स ईन्स्टल गरेर निशुल्क कुराकानी तथा टेक्स्ट म्यासेज सेयर गर्न सकिन्छ । त्यस्तो अर्को महत्वपुर्ण विषय यो एप्समा कुरा गर्ने समयमा भने ईन्टरनेट कनेक्सन आवश्यक छ ।
कसरी भाईवर एप्स सुचारु गर्ने र ?
भाईवर एप्स ईन्सटल गर्नको लागी भाईवर डटकम लग ईन गर्नुस अथवा गुगल प्लेमा भाईवर एप्स नामवाट खोजी गर्नुभयो भने सजिलै भेट्न सक्नुहुन्छ । एप्स ईन्सटल गरिसकेपछि तपाईले एकाउण्ट खोल्नु पर्ने हुन्छ । एकाउण्टमा तपाईले फोन नम्वर राख्न आवश्यक छ । त्यस्तै लोकेशन पनी जानकारी गराउनु पर्ने हुन्छ । तपाईले फोन नम्वर अपलोड गर्नासाथ सेवा सुचारु गर्नको लागी तत्काल म्यासेज पाउनुहुनेछ ।
सो म्यासेजवाट तपाईले सेवाको लागी अघि वढ्न सक्नुहुन्छ । एक पटक भाईवर एप्स एक्टिभेट भईसकेपछि दोहोराएर एक्टिभेट गरिरहन भने पदैन । जव तपाई ईन्टरनेट कनेक्सनमा जानुहुन्छ त्यसपछि नै अरु भाईवर प्रयोगकर्ताको लिष्ट देख्न सक्नुहुन्छ । उक्त लिष्टमा तपाईले आफन्तलाई खोजेर कल डायल गर्न सक्नुहुन्छ ।

अब जुत्ताबाट मोबाइल चार्ज

हावा र पानीबाट मोवाइल चार्ज हुनेप्रविधी आएको त यस अघी पनि सुनिएको हो। तर अब भने जुत्ताबाट पनि मोबाइल चार्ज हुने प्रविधी विकसित भइसकेको छ ।mobile_charge_from_shoes
अमेरिकाको टेक्सासमा रहेको राइस युनिभर्सिटीका विद्यार्थीले जुत्ताबाट मोवाइल चार्ज हुने प्रविधीको विकास गरेका छन्। हिड्दा खेरी जुत्तामा उत्पन्न हुने उर्जालाई एकत्रित गरेर आईफोन चार्जमाप्रयोग गरिने प्रविधीमा उनिहरुले सफलता हासिल गरेका हुन्।
यस्ता जुत्तालाई पेडीपावर नाम दिइएको छ।यो प्रविधीमा पेडीपवार जुत्ता लगाएर हिड्दा त्यसको गतिबाट उत्पन्न हुने उर्जालाई एकत्रित गरेर मोबालइचार्जको लागि प्रयोग गरिन्छ।
युनिभर्सिटीका विद्यार्थीसंग तेल तथा ग्यास उत्पादक कम्पनी क्यामरनले यस्ता नयाँ किसिमका जुत्ता उत्पादन गर्न प्रस्ताव गरिसकेको छ र अब छिट्टै जुत्ता उत्पादन हुनेछन् र सजिलै मोबाइल पनि चार्ज गरिनेछ।हावा र पानीबाट मोवाइल चार्ज हुनेप्रविधी आएको त यस अघी पनि सुनिएको हो। तर अब भने जुत्ताबाट पनि मोबाइल चार्ज हुने प्रविधी विकसित भइसकेको छ ।
mobile_charge_from_shoes
अमेरिकाको टेक्सासमा रहेको राइस युनिभर्सिटीका विद्यार्थीले जुत्ताबाट मोवाइल चार्ज हुने प्रविधीको विकास गरेका छन्। हिड्दा खेरी जुत्तामा उत्पन्न हुने उर्जालाई एकत्रित गरेर आईफोन चार्जमाप्रयोग गरिने प्रविधीमा उनिहरुले सफलता हासिल गरेका हुन्।
यस्ता जुत्तालाई पेडीपावर नाम दिइएको छ।यो प्रविधीमा पेडीपवार जुत्ता लगाएर हिड्दा त्यसको गतिबाट उत्पन्न हुने उर्जालाई एकत्रित गरेर मोबालइचार्जको लागि प्रयोग गरिन्छ।
युनिभर्सिटीका विद्यार्थीसंग तेल तथा ग्यास उत्पादक कम्पनी क्यामरनले यस्ता नयाँ किसिमका जुत्ता उत्पादन गर्न प्रस्ताव गरिसकेको छ र अब छिट्टै जुत्ता उत्पादन हुनेछन् र सजिलै मोबाइल पनि चार्ज गरिनेछ।

फेसबुकका ११ रोचक कुरा

१. यसका ८० करोड सक्रिय प्रयोगकर्ता छन् ।
२. एक प्रयोगकर्ताका सरदरमा १३० जना साथी छन् । एक प्रयोग कर्ता सरदरमा ८० ओटा कम्युनिटी पेज, ग्रुप वा इभेन्टस्मा संलग्न भएका छन् ।
३. फेसबुकमा एक दिनमा कम्तिमा २५ करोड तस्बीर अपलोड हुन्छन् ।
४. फेसबुक ७० भन्दा धेरै भाषामा उपलब्ध छ । भाषाका कारण ३ लाख भन्दा धेरै प्रयोगकर्ताले कुनै न कुनै ट्रान्सलेटरको प्रयोग गरेर फेसबुक चलाउँछन् ।Facebok ma
५. ७५ प्रतिशत भन्दा धेरै प्रयोगकर्ता संयुक्त राज्य अमेरिका भन्दा बाहिरका छन् ।
६. फेसबुकमा ७० लाख भन्दा धेरै एप्लिकेसनहरु उपलब्ध छन् ।
७. ३५ करोड फेसबुकका प्रयोगकर्ताले मोबाइलबाट फेसबुक चलाउँछन् ।
८. यदी फेसबुकलाई देश मान्ने हो र प्रयोगकर्तालाई यसका नागरिक, यो चीन र भारत पछि जनसंख्याका हिसाबले सबैभन्दा ठुलो देश हुन्थ्यो ।
९. एक दिनमा एक जना फेसबुक प्रयोगकर्ताले ५५ मिनेट फेसबुक चलाउँछन् ।
१०. फेसबुकले सन् २०१० मा मात्र झण्डै १ खर्ब ६० अर्ब रुपैँया अर्थात २००० मिलियन डलर कमाएको थियो ।
११. फेसबुक चीन, भियतनाम, ईरान, उज्बेकिस्तान, पाकिस्तान र सिरियामा प्रतिबन्धित छ । बंगलादेशमा पनि यसमा अपलोड गर्ने सामाग्रीमा निकै निगरानी राख्ने गरिन्छ ।
(एजेन्सी

फेसबुके तरुनीले बिहे भाँडे

साउदी अरेबियाकी एक युवतीले आफ्नो हुनलाई ठीक्क परेको विवाह भंग गरिन् । इनगेजमेन्टको तयारीमा रहेकी उनले यस्तो एकाएक त्यो केटासँग इन्गेजमेन्ट नगर्ने निधो गरिन् । उनले यसो गर्नुको कारण जान्न चाहनुहुन्छ ? निकै रोचक कारण पो छ त ।
fb_friend
वास्तवमा उनले आफ्नो हुनै लागेको बिहे भंग गर्नुको कारण फेसबुक हो । अझ फेसबुकका केटीहरु हुन् । गल्फ न्युजका अनुसार आफ्नो हुनेवाला लोग्नेको फेसबुक, टि्वटर तथा इन्स्ट्राग्राम लगायतका सोसल नेटवर्कमा धेरै केटी साथी रहेको भन्दै ती युवतीले त्यो युवकसँग सम्बन्ध नगाँस्ने निधो गरिन् ।
उनको हुनेवाला लोग्नेको सोसल नेटवर्क तथा माइक्रोब्लगका अधिकांस साथी तथा फलोअर्सहरु युवती तथा महिलाहरु रहेको पत्तो पाएपछि ती युवती यस्तो कठोर तथा बहुलट्ठीपूर्ण निष्कर्षमा पुगिन् । उनले दुइ हप्तासम्म त्यो युवकको टि्वटर अकाउण्टका टि्वट्स, फेसबुकका तस्वीर तथा स्टाटस तथा  इन्स्ट्राग्रामका तसवीर समेत अनुगमन गरिन् । त्यस्तो अनुगमनबाट उनले के पाइन् भने त्यो युवकको सोसल साइटमा सबैभन्दा धेरै कमेन्ट गर्ने केटीहरु नै थिए र उसका साथीहरु पनि धेरै केटी नै थिए । त्यस्तो देख्दा ती युवतीलाई त्यो युवक प्रति शंका जाग्यो र ऊ कतै धेरै केटी बटुल्ने मान्छे त होइन भन्ने लाग्यो ।  त्यसपछि उनले त्यो युवकसँग तय भएको इन्गेजमेन्टको कार्यक्रम एकतर्फी रुपमा रद्द गरेर ऊ सँग बिहे नगर्ने घोषणा गरिन् ।
उनको यस्तो अनौठो निर्णयलाई कतिपयले अनलाइनमा सह्राना गरेका छन् पनि कतिपयले सनकी भन्दै गाली समेत गरेका छन् ।

फेसबुकले बढायो साइबर क्राइम, सेयर र लाइक गर्दा पनि लफडामा परिएला !

१८ असार, काठमाण्डौं । लोकपि्रय बनेको सामाजिक सञ्जाल फेसबुकले साइबर क्राइम बढेको छ । पछिल्लो एक बर्षमा काठमाण्डौं उपत्यकामा फेसबुकसम्बन्धी ५८ वटा उजुरी परेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार साइबर क्राइममध्ये फेसबुकसम्बन्धी उजुरी बढ्दै गएका छन् । साउन ०६९ यता महाशाखामा साइबर क्राइमसम्बन्त्री ७० वटा उजुरी परेका थिए । त्इसमध्ये ५८ वटा घटनालाई प्रहरीले छलफलका क्रममा मिलाएको छ भने एक जनालाई विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही गरेको छ ।
फेसबुकमा विभिन्न व्यक्तिको चरित्रहत्या हुने किसिमका सामाग्री पोस्ट गर्ने, अश्लील फोटो ट्याग गर्ने, नक्कली फेसबुक अकाउन्ट बनाउनेजस्ता उजुरी महाशाखामा परेको मंगलबार प्रकाशित नयाँ पत्रिकामा खबर छ । दुईसाता अघि मात्र महाशाखाले नेकपा-माओवादीकी नेतृ पम्फा भुसाललाई फेसबुकमा अश्लील गाली गर्ने काभ्रेका भवनाथ सापकोटालाई पक्राउ गरी कारबाही अघि बढाएको छ ।
सेयर र लाइक गर्दा लफडा
साइबार अपराधमा फेसबुकको लाइक तथा सेयरलाई पनि कसुर मानेर प्हरीले अनुसन्धान तथा कारबाही गर्न थालेको छ । विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर अपराध गरेबापत पाँच बर्ष कैद सजाय वा एक लाख जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको अन्नपूर्ण पोष्टमा खबर छ ।
डेढ साताअघि मात्रै काभ्रेका भवनाथ सापकोटा आफ्नो फेसबुकको पर्दामा नेकपा-माओवादीकी नेत्री पम्पा भुसाललाई लक्षित गरेर लेखिएको अपशब्दलाई सेयर गरेकै कारण पक्राउ परे । राजधानीको सरस्वती क्याम्पसमा आइएमा पढ्दै गरेका सापकोटालाई थाहा थिएन्, सेयर गरेको भरमा पक्राउमा परिन्छ भनेर । विष्णु गुरुङका नाममा एक व्यक्तिले भुसालका बारेमा आफ्नो फेसबुक पर्दामा आपत्तिजनक स्टाटस लेखेका थिए ।
महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धानका क्रममा विष्णु गुरुङ नामको फेसबुक आइडी नक्कली रहेको पायो । महाशाखा यो कसले बनाएको भन्नेतर्फ थप अनुसन्धानमा जुटिरहेको छ ।

यस्तो पर्बिद्धि निकालो नेपाल टेलिकोमले,अब चोरीको मोबाइल सेटमा चल्दैन सिम

 साउन, काठमाडौ ।
चोरी भएका या हराएका मोबाइल सेटमा अब नेपाल टेलिकमको सिमकार्ड नचल्ने भएको छ । टेलिकमले ग्राहकको गुनासोको आधारमा हराएका वा चोरीएका सेटमा सिमकार्ड नचल्ने बनाउन लागेको हो । ‘मोबाइल चोरी नियन्त्रणमा सहयोग पुगोस् भनेर यस्तो सेवा सुरू गर्न लागेका हौ’, टेलिकमकी प्रवक्ता गुनकेशरी प्रधानले अन्नपूर्वसँग भनिन्, ‘ अहिले परीक्षणको चरणमा छौ, बिस्तारै कार्यान्वयन गर्छौ ।
‘ प्रधानका अनसुार टेलिकमले पुरानो नेटवर्कलाई नयाँमा स्थानान्तरण गरेपछी यो सेवा पूर्णरूपमा साञ्चालनमा आउनेछ । बुधबारदेखी राजधानीमा पुरानो मोबाइल नेटवर्क विस्थापित गरी नयाँमा स्थानान्तरन गर्न लागिएको छ । र नयाँ नेटवर्क स्थापित भएपछी यो सेवा पनि सुरू गर्ने प्रवक्ता प्रधानको भनाई छ ।Nepal-Telecome-300x213
टेलिकमले मोबाइल सेटको पहिचान दर्ता प्रणाली (इक्युपमेन्ट आइडेन्टिटी रजिस्ट्रार-ईआईआर) सेवा सुरू गर्न लागेको हो । ईआईआर सेवा सूरू भएपछी टेलिकमले हराएको वा चोरी भएको मोबवाइलको सेटको इन्टरनेशनल मोबाइल इक्युपमेन्ट आइडेन्टिटि(आईएमईई) नम्बरका आधारमा सिमकार्ड नचल्ने बनाइदिन्छ । यो सेवा सुरू भएपछी ग्राहकले आफ्नो चोरी भएको वा हराएको मोबाइलको ईआईआर नम्बरसहित टेलिकमलाई जानकारी दिनुपर्नेछ ।
टेलिकमले यसरी जानकारी दिँदा ग्राहकले मोबाइल सेट किनेको मूल्य अभिबृद्धी कर नम्बरसहितको बिल पेश गर्नुपर्नेछ नियम बनाउने भएको छ । ग्राहकले जानकारी दिएपछी त्यो आइएमईआई नम्बरयुक्त मोबाइल सेटलाई टेलिकमले कालोसूचीमा राख्नेछ ।

फेसबुकले बढायो साइबर क्राइम, सेयर र लाइक गर्दा पनि लफडामा परिएला !

१८ असार, काठमाण्डौं । लोकपि्रय बनेको सामाजिक सञ्जाल फेसबुकले साइबर क्राइम बढेको छ । पछिल्लो एक बर्षमा काठमाण्डौं उपत्यकामा फेसबुकसम्बन्धी ५८ वटा उजुरी परेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार साइबर क्राइममध्ये फेसबुकसम्बन्धी उजुरी बढ्दै गएका छन् । साउन ०६९ यता महाशाखामा साइबर क्राइमसम्बन्त्री ७० वटा उजुरी परेका थिए । त्इसमध्ये ५८ वटा घटनालाई प्रहरीले छलफलका क्रममा मिलाएको छ भने एक जनालाई विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही गरेको छ ।
फेसबुकमा विभिन्न व्यक्तिको चरित्रहत्या हुने किसिमका सामाग्री पोस्ट गर्ने, अश्लील फोटो ट्याग गर्ने, नक्कली फेसबुक अकाउन्ट बनाउनेजस्ता उजुरी महाशाखामा परेको मंगलबार प्रकाशित नयाँ पत्रिकामा खबर छ । दुईसाता अघि मात्र महाशाखाले नेकपा-माओवादीकी नेतृ पम्फा भुसाललाई फेसबुकमा अश्लील गाली गर्ने काभ्रेका भवनाथ सापकोटालाई पक्राउ गरी कारबाही अघि बढाएको छ ।
सेयर र लाइक गर्दा लफडा
साइबार अपराधमा फेसबुकको लाइक तथा सेयरलाई पनि कसुर मानेर प्हरीले अनुसन्धान तथा कारबाही गर्न थालेको छ । विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर अपराध गरेबापत पाँच बर्ष कैद सजाय वा एक लाख जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको अन्नपूर्ण पोष्टमा खबर छ ।
डेढ साताअघि मात्रै काभ्रेका भवनाथ सापकोटा आफ्नो फेसबुकको पर्दामा नेकपा-माओवादीकी नेत्री पम्पा भुसाललाई लक्षित गरेर लेखिएको अपशब्दलाई सेयर गरेकै कारण पक्राउ परे । राजधानीको सरस्वती क्याम्पसमा आइएमा पढ्दै गरेका सापकोटालाई थाहा थिएन्, सेयर गरेको भरमा पक्राउमा परिन्छ भनेर । विष्णु गुरुङका नाममा एक व्यक्तिले भुसालका बारेमा आफ्नो फेसबुक पर्दामा आपत्तिजनक स्टाटस लेखेका थिए ।
महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धानका क्रममा विष्णु गुरुङ नामको फेसबुक आइडी नक्कली रहेको पायो । महाशाखा यो कसले बनाएको भन्नेतर्फ थप अनुसन्धानमा जुटिरहेको छ ।

पाँच कुरा फेसबुकमा कदापी पोष्ट नगर्नुहोस् …

फेसबुक चलाउदै हुनुहुन्छ होशियार !! आफु पनि जानिराखौ अरुलाई पनि SHARE / TAG गरि जानकारी गराऊ ! यी पाँच कुरा फेसवुकमा पोष्ट गर्दा हानिकार हुन सक्दछ ! धेरैलाई आजभोली फेसवुक या यस्तै सोसियल नेटवर्किङ साइटमा समय विताउन मन पर्दछ र फेसवुकमा आफ्ना कुरा पोष्ट गरेर कमेन्ट या लाइकको प्रतिक्षा गर्न कम्ति रमाइलो हुँदैन् तर यहाँनेर खतरा पनि छ। सवै कुरा फेसवुक जस्ता सोसियल नेटवर्किङ साइटमा पोष्ट गर्नु हुँदैन् । तपाईले फेसवुक वा इन्टरनेटको कुनै फोरमा पोष्ट गरेका कुराले तपाईलाइ पछी सम्म पनि दुःख दिन सक्दछन्। एक चोटि पोष्ट गरेपछि पुर्ण रुपमा उक्त सामाग्री इन्टरनेटबाट हटाउन सकिदैन् । यी पाँच कुरा फेसवुक जस्ता सोसियला नेटवर्किङ साइटमा पोष्ट गर्न हानिकार हुन सक्दछ।
१) निजि फोटो वा भीडियो यस्ता फोटो वा भीडियो पोष्ट नगर्नुस जुन तपाई चाहानुहुन्न तपाईका साथी वा सहकर्मी,कार्यलयका हाकिम वा परिवार वा अभिभावकले थाहा पाउन। तत्कालै यी मानिसहरु तपाईको फ्रेन्ड लिस्टमा नभएपनि उनीहरुलाई तपाईको पोस्ट थाहा पाउन गाह्रो हुँदैन्।fb ma post
२) फोन नंवर तपाईले फेसुवुक चिनेको र दुई चार पटक च्याट गरेकै भरमा आफ्नो फोन नंवर र घरको ठेगान नदिननुस।
३) गाली वा अभद्र शब्द यदी तपाईलै कसैसंग रिस उठेको छ वा तपाई केही कुरा भन्न चाहनु हुन्छ भने फेसवुकमा नलेख्नुस । असभ्य शब्द कदापी प्रयोग नगर्नुस ।
४) बैंक सम्वन्धी जानकारी कसैले माग्यो भन्दैमा वा चिठ्ठाको नाममा आफ्नो बैंकसम्वन्धी जानकारी, एटिएमको पिन कोड नदिनुस । यो निकै खतरनाक सावित हुन सक्दछ ।
५) मिनेट मिनेटको खवर हामी मध्य केहीलाई पत्येक कुराको जानकारी फेसवुकमा पोष्ट गर्ने बानी हुन्छ, जस्तै म यहाँ छु, अहिले यहाँ आइपुगे र एक छिनमा यहाँ पुग्नेछु। यसले चोरदेखी लुटेरा सम्मलाइ तपाईको अवस्थाबारेमा थाहा पाउन सजिलो पार्दछ ।

कम्प्युटरमा इन्टरनेट को स्पीड कसरि बढाउने

हामीले इन्टरनेट चलाउदा Internet browser को address bar मा जब कुनै address Type गर्छौ : जस्तै : www.google.com हामीले browser को address bar मा Type गरेपछि हाम्रो सिस्टम ले DNS resolver चेक गर्छ यदि पहिला नै cached भएको रहेनछ भने हाम्रो सिस्टम ले एक वा एक भन्दा बढी name server लाइ बढी request पठाउछ | जब सम्म name server ले सहि ठेगाना दिदैन तब सम्म request पठाउछ र एउटा server request पुरा गर्न असमर्थ भयो भने अर्को name server मा request जान्छ |
PC speed
हामीले चलाउने internet हरु दिने ISP ले लिएको server मा यदि google.com catched रहेछ भने भने छिटो देखा पर्छ तर यदि catched छैन रहेछ भने फेरी अर्को Name Server म Request पठाउनु पर्ने हुन्छ | जसले गर्दा google.com को page Display हुन धेरै समय लाग्छ |
तर सबै इन्टरनेट कम्पनीहरुले दिने गरेको NameServer त्यति राम्रो छिटो चल्ने तथा सबै catch हुन्न | तर अहिले धेरै public DNS हरु छन् जुन फ्रीमा पाइन्छन | त्यस्तै फ्री मा पाइने र छिटो हुने DNS name servers हरु धेरै व्यक्तिहरुको लागि रहस्य नै हुने गरेको छ | तर आज मा तपाईहरुलाई गूगल को public DNS र यसको प्रयोगको बारेमा बताउदै छु |
गूगलको public DNS संसार भर नै धेरै चलेको र छिटो पनि छ | यसको DNS server address 8.8.8.8 र 8.8.4.4 हो | अब यसलाई कसरि प्रयोग गर्ने भन्ने तर्फ लागौ |
यदि तपाइले Router मा नै यसको प्रयोग गर्दै हुनु हुन्छ भने Router को setting मा गएर DNS server परिवर्तन गर्नु पर्ने हुन्छ |
MODEL: TP-LINK 8841
ब्राउजर को address bar मा 192.168.1.1 लेख्नुहोस र इन्टर थिच्नुहोस |
अब UserName र password माग्छ दुवै मा admin राख्नुहोस |
side मा मेनु देख्न सकिन्छ : त्यहाँ Advance Setup लेखिएको ठाउमा क्लिक गर्नुहोस |
अब केहि तल DNS देखिन्छ त्यहाँ click गर्नुहोस र Enable Automatic Assigned DNS लाइ Unmark गर्नुहोस |
अब Primary DNS server: Secondary DNS server: लेखेको देख्नुहुनेछ र त्यसमा खाली ठाउँ पनि देख्नुहुनेछ |Primary DNS server: मा 8.8.8.8
Secondary DNS server: मा 8.8.4.4 राख्नुहोस र सवे गर्नुहोस अब router restart गर्नु होस् |
Windows 7 भएको कम्प्युटर मा DNS Change गर्ने तरिका
Click the Start button; and in the Search box, type Network Connections and press Enter.
A window will open with a list of network adapters installed on the system. The DNS settings must be configured on all of the system’s active network connections.
go to the properties of the active connection. then you can see Internet Protocol version 4(TCP/IPv4)
click there and click on properties.
then you can see the following windows.
DNS परिवर्तन गर्दा तल जस्तै गरि DNS को भाग मात्र परिवर्तन गर्नु होला | DNS को भागमा जे लेखिए पनि तल चित्रमा जस्तै 8.8.8.8 र 8.8.4.4 राख्नु होला |

कम्प्युटरबाट सिधै फेसबुक मा नेपाली लेख्ने सब भन्दा सजिलो उपाय

इन्टरनेट को बढ्दो लोकप्रियता संगै नेपाल मा पनि फेसबुक चलाउने हरुको संख्या व्हात्तै बढेको कुरा नकार्न सकिन्न ! तर सबैले नेपाली मा लेखेर पोस्ट गरेको देख्दा नेपाली मा लेख्न नजान्ने मान्छे हरुलाई पक्कै पनि लेखना मन लाग्दो हो , यदि तपाइँ कम्प्युटर मा बसेर नेट चलाउदै हुनुहुन्छ भने यो उपाय एकदम सजिलो हुनेछ !
Nepaly typing in PC
य्हादी तपाइँलाइ नेपाली मा स्टाटस लेखेर पोस्ट गर्न मन छ भने यहाँ स्टेप बाइ स्टेप उपाय पोस्ट गर्ने जमर्को गरेका छौं !
=>>यहाँ क्लिक<==गर्नुहोस यो फोटोमा देखाए जस्तो पेज खुल्ने छ ! फोटोमा देखेनुसार डाउनलोड गर्नुस् धन्यवाद !

पाँच कुरा फेसबुकमा कदापी पोष्ट नगर्नुहोस् …

फेसबुक चलाउदै हुनुहुन्छ होशियार !! आफु पनि जानिराखौ अरुलाई पनि SHARE / TAG गरि जानकारी गराऊ ! यी पाँच कुरा फेसवुकमा पोष्ट गर्दा हानिकार हुन सक्दछ ! धेरैलाई आजभोली फेसवुक या यस्तै सोसियल नेटवर्किङ साइटमा समय विताउन मन पर्दछ र फेसवुकमा आफ्ना कुरा पोष्ट गरेर कमेन्ट या लाइकको प्रतिक्षा गर्न कम्ति रमाइलो हुँदैन् तर यहाँनेर खतरा पनि छ। सवै कुरा फेसवुक जस्ता सोसियल नेटवर्किङ साइटमा पोष्ट गर्नु हुँदैन् । तपाईले फेसवुक वा इन्टरनेटको कुनै फोरमा पोष्ट गरेका कुराले तपाईलाइ पछी सम्म पनि दुःख दिन सक्दछन्। एक चोटि पोष्ट गरेपछि पुर्ण रुपमा उक्त सामाग्री इन्टरनेटबाट हटाउन सकिदैन् । यी पाँच कुरा फेसवुक जस्ता सोसियला नेटवर्किङ साइटमा पोष्ट गर्न हानिकार हुन सक्दछ।
१) निजि फोटो वा भीडियो यस्ता फोटो वा भीडियो पोष्ट नगर्नुस जुन तपाई चाहानुहुन्न तपाईका साथी वा सहकर्मी,कार्यलयका हाकिम वा परिवार वा अभिभावकले थाहा पाउन। तत्कालै यी मानिसहरु तपाईको फ्रेन्ड लिस्टमा नभएपनि उनीहरुलाई तपाईको पोस्ट थाहा पाउन गाह्रो हुँदैन्।fb ma post
२) फोन नंवर तपाईले फेसुवुक चिनेको र दुई चार पटक च्याट गरेकै भरमा आफ्नो फोन नंवर र घरको ठेगान नदिननुस।
३) गाली वा अभद्र शब्द यदी तपाईलै कसैसंग रिस उठेको छ वा तपाई केही कुरा भन्न चाहनु हुन्छ भने फेसवुकमा नलेख्नुस । असभ्य शब्द कदापी प्रयोग नगर्नुस ।
४) बैंक सम्वन्धी जानकारी कसैले माग्यो भन्दैमा वा चिठ्ठाको नाममा आफ्नो बैंकसम्वन्धी जानकारी, एटिएमको पिन कोड नदिनुस । यो निकै खतरनाक सावित हुन सक्दछ ।
५) मिनेट मिनेटको खवर हामी मध्य केहीलाई पत्येक कुराको जानकारी फेसवुकमा पोष्ट गर्ने बानी हुन्छ, जस्तै म यहाँ छु, अहिले यहाँ आइपुगे र एक छिनमा यहाँ पुग्नेछु। यसले चोरदेखी लुटेरा सम्मलाइ तपाईको अवस्थाबारेमा थाहा पाउन सजिलो पार्दछ ।

यो हो चाँदीबाट बनेको सबैभन्दा महंगो बाइक

महंगो तथा अलग स्वरुपको बाइक चढ्ने र गोजी पनि अलि तातो भएका हरुका लागि खुसीको खबर छ । यद्यपि हामीजस्ता धेरैका लागि भने यो खबर कागलाई बेल पाकेजस्तै हुनसक्छ । तर खबर सुन्दा भने मज्जै आउला ।
chadiko bike
भारतमा विश्वकै अहिलेसम्मको सबैभन्दा महंगो बाइक निर्माण गरिएको छ । मुम्बइमा भैरहेको इण्डिया इन्टरनेसनल ज्वेलरी शो मा पर््रदर्शनीमा राखिएको तयारीमारहेको उक्त बाइक चानचुने होइन । त्यो चाँदीबाट बनेको छ र त्यस्ता प्रकारका बाइकको मूल्य न्युनतम ८० लाख देखि १ करोड ६० लाख नेपाली रुपैयाँ सम्म पर्ने बताइएको छ । अहिले केवल मोडलमात्र र्सार्वजनिक गरिएको छ र बुकिङ खुल्ला गरिएको छ । अहिले अर्डर दिनेले ६ महिनापछि यस्तै चाँदीको बाइक पाउनेछन् ।
चाँदीका गहना बनाउने भारतीय कम्पनी सिल्भर इम्पोरियमले त्यो बाइक बनाएको हो । कम्पनीका एमडी राहुल मेहेताका अनुसार उक्त बाइकका पाटपर्ुजा हातैले बनाइएको हो तर इन्जिन भने इनफिल्ड इण्डिया कम्पनीले तयार पारिदिएको हो ।
यो बाइक तयार पार्न कालिगढहरुलाई ८ महिनाको लागेको बताइएको छ ।

अब घडीबाटै चेक गर्नुहोस् इमेल

टोकियो— तपाईलाई स्मार्ट घडी लगाउने शोख छ? सोनीको स्मार्ट घडीले तपाईंलाई अझै स्मार्ट बनाइदिन्छ। यो नयाँ ‘स्मार्ट वाच २’ सोनीको स्मार्ट सिरिजको अपग्रेडेड भर्सन हो। यो नयाँ घडीमा केही गजब फीचर्स रहेका छन्। घडीको स्क्रीन पहिलाको तुलनामा ठूलो र डिस्प्ले चम्किलो रहेको छ।


यसको डिस्प्ले रेज्यूलोशन २२० x १७६ पिक्सल छ। यसको ब्राइटनेस प्रविधिको कारण घाममा पनि डिस्प्ले राम्रोसँग हेर्न सकिन्छ। घडीमा प्रयोग गरिएको ब्याट्रीले लामो समयसम्म ब्याकप दिने दिनेछ। यसमा इनबिल्ड एनएफसी प्रविधि रहेको छ जसको माध्यमबाट अर्को घडीसँग कनेक्सन मिलाउन सकिन्छ।

वाटर प्रुफ क्वालिटीको यो घडीबाट फोन पनि गर्न सकिन्छ भने डाउनलोडेड इमेल पनि पढ्न सकिन्छ। घडीको एन्ड्रोइड स्मार्टफोन सिरिजसँग पनि सजिलै जोड्न सकिन्छ। यो घडी सेप्टेम्बर सम्ममा बजारमा आउने बताइएको छ। स्मार्ट घडी १५० डलरमा उपलब्ध हुनेछ।

Love Story Nepal Images and Labels

News, Filmy, Entertainment, Bichitra Sansar, Sports, Mix Masala, Science and Technology, Health Sex, English News

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger