Headlines News :
Home » » मोबाइल किन्दा ध्यान दिनुपर्ने कुरा

मोबाइल किन्दा ध्यान दिनुपर्ने कुरा

Written By Admin on Thursday, August 29, 2013 | 8:49 AM

एक नम्बरी मोबाइल सेट -वैधानिक) मासिक ७५ हजारको हाराहारीमा बिक्री हुन्छन् भने दुईनम्बरी -अवैधानिक) ५० हजारको हाराहारीमा बिक्री हुन्छन्, उपभोक्ताले आफू एकनम्बरी सेटको उपभोक्ता हुने कि दुईनम्बरी उपभोक्ता हुने विचार पुर्‍याउनुपर्छ।
प्रत्येक मोबाइल सेटको आफ्नै परिचय हुन्छ। मोबाइलको ‘आइएमइआई’ नम्बर उसको परिचय हो। एकनम्बरी मोबाइल सेट बोक्ने उपभोक्ता त्यो आइएमइआई नम्बरको आधिकारिक उपयोगकर्ता हो, जसको बलियो प्रमाण उसँग हुन्छ।mobal
उपभोक्ताले आधिकारिक कम्पनीको आधिकारिक सो-रुमबाट वारेन्टी सहितको मोबाइल सेट खरिद गर्नुपर्छ। वारेन्टी मोबाइल सेट बेच्ने पसलको होइन, आधिकारिक कम्पनीको हुनुपर्छ। पसलको वारेन्टी लिने हो भने भोलि कुनै सो-रुम बन्द हुनसक्छ, त्यो बेला उपभोक्ताले के गर्ने भनेर बेलैमा सोच्नुपर्छ। कम्पनीको वारेन्टी सर्भिस लिइयो भने सर्भिस सेन्टरमा गएर सेवा लिन सकिन्छ।
हामी लत्ताकपडा किन्दा त प्याक गरेर राखिएको खरिद गर्छौ भने मोबाइल त टेक्निकल डिभाइस हो, त्यसकारण मोबाइल सेट खरिद गर्दा सिल प्याक गरिएको सेट मात्र लिनुपर्छ। सिल प्याक गरिएको लिनु भन्नुको एउटा कारण, कसैले कुनै सेट खरिद गरेर १० दिन चलाएपछि पसलेलाई फिर्ता गर्‍यो भने उसले धेरै कम मूल्य लिएर फिर्ता गरेको हुन्छ। यस्ता सेट हेर्दा नयाँ देखिन्छन् अथवा पुरानै भयो भनें पनि हाउजिङ फेरेर नयाँ बनाइएको हुनसक्छ, कम्पनीले तोकेको अधिकतम खुद्रा मूल्यभन्दा धेरै सस्तोमा कुनै पसलेले मोबाइल दियो भने उपभो क्ताले त्यसमा शंका गर्नुपर्छ।
मल्टिनेसनल ब्रान्डमा नोकियाले रिटेल सो रुमलाई अधिकतम खुद्रा मूल्यमा बढीमा ८ प्रतिशत, सामसुङले १० तथा एलजीले १२ प्रतिशतसम्म छुट दिएका हुन्छन्, वैधानिक तवरले भित्रिएका र सिल प्याक भएका सेटमा त्यसभन्दा बढी छुट हुँदैन भने कसैले त्योभन्दा बढी छुट दिने बित्तिकै उक्त मोबाइल सेट अवैधानिक हो भन्ने बुझे हुन्छ। रिटेल सो रुमले वैधानिक सेटमा अधिकतम खुद्रा मूल्यमा बढीमा ५ प्रतिशत मात्र छुट दिन सक्छन्, किनभने उनीहरूको घरभाडा, स्टाफ खर्च र कमाइ त्यही थोरै मुनाफाले चलेको हुन्छ।
वैधानिक मोबाइल हो कि होइन भन्ने कुरा चिन्न सजिलो छ। वैधानिक मोबाइल सेटमा नेपालस्थित आधिकारिक विक्रेताको होलो ग्राम टा ँसिएको हुन्छ। ब्याट्रीमा टाँसिएको उक्त होलोग्राम वैधानिक सेटका लागि अनिवार्य हुन्छ। विश्वको जुनसुकै स्थानमा पनि लोकल आधिकारिक अधिकृत विक्रेताको सिल ट्याग हुन्छ नै।
मोबाइल सेट सस्तो हुनुको अर्को कारण ओर्जिनल मोबाइलको ब्याट्री, चार्जर, मेमोरी साटेर डुब्लिकेट राखेर दिइनु पनि हो। मोबाइल खरिद गरिसकेपछि उपभोक्ताले मोबाइल लिएर सिधै त्यसको सर्भिस सेन्टरमा लगेर देखाए वास्तविकता थाहा भैहाल्छ। सर्भिस सेन्टरले आफ्नो मो बाइल सेट र त्यसका विभिन्न उपकरणको क्वालिटीका बारेमा सही जानकारी दिन्छन्।
मोबाइलको आइएमइआई नम्बर सर्भिस सेन्टरले हेरेपछि त्यो प्रोडक्ट नेपालका लागि वैधानिक रुपमा भित्रिएको हो- होइन बताउँछ, भारत, सिंगापुर, हङकङ, दुबइका लागि बिक्री गरिएको सेट हो भने सर्भिस सेन्टरले जानकारी दिन्छ। सर्भिस सेन्टरले मोबाइलको ब्याट्री, हेडफोन, मे मोरी कार्ड ओर्जिनल हो होइन भन्ने जानकारी पनि दिन्छ।
वारेन्टी कार्ड गलत हो कि होइन भन्ने कुरा पनि आधिकारिक सर्भिस सेन्टरले जानकारी दिन्छ।
सस्तो सेट खरिद गरेर पसलेसँग दिनहँु किचकिच गरी रहने कि ओर्जिनल सेट खरिद गरेर सर्भिस सेन्टरबाट सुविधा लिने उपभोक्तामा निर्भर छ।
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger