Headlines News :
Home » » यस्तो पर्बिद्धि निकालो नेपाल टेलिकोमले,अब चोरीको मोबाइल सेटमा चल्दैन सिम

यस्तो पर्बिद्धि निकालो नेपाल टेलिकोमले,अब चोरीको मोबाइल सेटमा चल्दैन सिम

Written By Admin on Thursday, August 15, 2013 | 2:30 PM

 साउन, काठमाडौ ।
चोरी भएका या हराएका मोबाइल सेटमा अब नेपाल टेलिकमको सिमकार्ड नचल्ने भएको छ । टेलिकमले ग्राहकको गुनासोको आधारमा हराएका वा चोरीएका सेटमा सिमकार्ड नचल्ने बनाउन लागेको हो । ‘मोबाइल चोरी नियन्त्रणमा सहयोग पुगोस् भनेर यस्तो सेवा सुरू गर्न लागेका हौ’, टेलिकमकी प्रवक्ता गुनकेशरी प्रधानले अन्नपूर्वसँग भनिन्, ‘ अहिले परीक्षणको चरणमा छौ, बिस्तारै कार्यान्वयन गर्छौ ।
‘ प्रधानका अनसुार टेलिकमले पुरानो नेटवर्कलाई नयाँमा स्थानान्तरण गरेपछी यो सेवा पूर्णरूपमा साञ्चालनमा आउनेछ । बुधबारदेखी राजधानीमा पुरानो मोबाइल नेटवर्क विस्थापित गरी नयाँमा स्थानान्तरन गर्न लागिएको छ । र नयाँ नेटवर्क स्थापित भएपछी यो सेवा पनि सुरू गर्ने प्रवक्ता प्रधानको भनाई छ ।Nepal-Telecome-300x213
टेलिकमले मोबाइल सेटको पहिचान दर्ता प्रणाली (इक्युपमेन्ट आइडेन्टिटी रजिस्ट्रार-ईआईआर) सेवा सुरू गर्न लागेको हो । ईआईआर सेवा सूरू भएपछी टेलिकमले हराएको वा चोरी भएको मोबवाइलको सेटको इन्टरनेशनल मोबाइल इक्युपमेन्ट आइडेन्टिटि(आईएमईई) नम्बरका आधारमा सिमकार्ड नचल्ने बनाइदिन्छ । यो सेवा सुरू भएपछी ग्राहकले आफ्नो चोरी भएको वा हराएको मोबाइलको ईआईआर नम्बरसहित टेलिकमलाई जानकारी दिनुपर्नेछ ।
टेलिकमले यसरी जानकारी दिँदा ग्राहकले मोबाइल सेट किनेको मूल्य अभिबृद्धी कर नम्बरसहितको बिल पेश गर्नुपर्नेछ नियम बनाउने भएको छ । ग्राहकले जानकारी दिएपछी त्यो आइएमईआई नम्बरयुक्त मोबाइल सेटलाई टेलिकमले कालोसूचीमा राख्नेछ ।
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger