Headlines News :
Home » » २ सय करोड नजिक ‘चेन्नाई एक्सप्रेस’, ‘थ्री इडियट्स’को रेकर्ड तोड्ने पक्का

२ सय करोड नजिक ‘चेन्नाई एक्सप्रेस’, ‘थ्री इडियट्स’को रेकर्ड तोड्ने पक्का

Written By Admin on Thursday, August 22, 2013 | 4:19 AM

बलिउड बादशाह साहरुख खान अभिनित चलचित्र ‘चेन्नाई एक्सप्रेस’ले प्रदर्शनको दोश्रो सातामै २ सय करोडको नेट व्यापार गर्ने पक्का जस्तै भएको छ । प्रदर्शनको ३ दिनमै १ सय करोड कमाएर सबै रेकर्ड ब्रेक गरेको यो चलचित्रले वुधबार सम्म १९७.३६ करोडको व्यापार गरेको छ । सिनेमाले बिहिबार सलमान खान अभिनित चलचित्र ‘एक था टाइगर’ले कमाएको १९८ करोडको लाइफ टाइम कलेक्शनलाई उछिन्ने पक्का जस्तै छ ।आफ्नो दोश्रो सातामा पनि व्यापारमा खासै गिरावट नआएकाले पनि ‘चेन्नाई एक्सप्रेस’ले आमिर खान अभिनित चलचित्र ‘थ्री इडियट्स’ले कमाएको २०२.४७ को लाइफ टाइम कलेक्शनलाई शनिबार सम्म उछिन्ने विश्वास गरिएको छ ।
रोहित सेट्टीको निर्देशनमा साहरुख खान, दीपिका पादुकोण अभिनित यो चलचित्रले बलिउडमा आजसम्म बनेका सबै रेकर्डहरुलाई ब्रेक गरेको छ । यो चलचित्रको सफलतासँगै नायक साहरुख खानले आफूलाई पुन बलिउडमा बादशाहको स्थानमा उभ्याएका छन् । चलचित्रको लाइफ टाइम कलेक्शन २१० करोड माथी पुग्ने अनुमान गरिएको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको अक्षय कुमार अभिनित चलचित्र ‘वन्स अपन अ टाइम ईन मुम्बइ दोबारा’ले कुनै कमाल नगरेपछि यसको प्रत्यक्ष फाइदा ‘चेन्नाई एक्सप्रेस’लाई परेको छ ।
चलचित्रले ओभरसिजमा पनि वुधबार सम्म ९० करोड माथीको व्यापार गरिसकेको छ ।
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger