
![]() |
नायिका सुष्मा कार्कीको चर्चा पछिल्लो समय
आइटम गर्लको रुपमा धेरै छ । विशेषगरी चलचित्रमा आइटम नृत्य गरेरै चर्चामा
आएकी कार्कीलाई अहिले मुख्य नायिकाको रुपमा देख्न गाह्रो छ ।
तर उनले अभिनय गरेको चलचित्र ‘विन्दास २’
मा भने उनी नायिकासँगै आइटम गर्लको रुपमा देखिदैछिन् । मधुकुमार श्रेष्ठको
निर्माणमा राजु गिरीले निर्देशन गरेको यो चलचित्र तिहारको अवसर पाररे
प्रदर्शनमा आउँदैछ । चलचित्रमा जीवन लुइटेल, सुष्मा कार्की, अनिशा गुरुङ,
सुशांक कार्की, मधुकुमार श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।
यसैबिच निर्माणपक्षले चलचित्रमा समावेश ‘छोपिएन मेरो’ बोलको गीत
सार्वजनिक गरेको छ । अर्जुन पोखरेलको संगीत रहेको यो गीतमा दुर्गा खरेलको
आवाज छ । होमनाथ गुरुङले लेखेको यो गीतको भिडियोलाई राजेन्द्र सापकोटोले
खिचेका हुन् । शीव वीकको नृत्य निर्देशन रहेको गीतको भिडियोलाई अर्जुन
जीसीले सम्पादन गरेका छन् ।
![]() |

Post a Comment