भदौ १४ गतेबाट प्रदर्शनमा आउन लागेको नयाँ चलचित्र ‘बाउन्सर’लाई सबै
दर्शकले हेर्न पाउने भएका छन् । चलचित्रलाई सेन्सर बोर्डले शुक्रबार
युनिभर्सल सर्टिफिकेट दिएको हो । यसका निर्माता तथा नायक प्रशान्त गिरीले
चलचित्रमा समावेश बिषय अत्यन्त राम्रो भएको भन्दै सेन्सरले यूनिभर्सल
सर्टिफिकेट दिएको जानकारी दिएका छन् ।

मदन
घिमिरेको निर्देशनमा तयार भएको यो चलचित्रमा सुष्मा कार्की, प्रशान्त गिरी
लगायतका कलाकारको अभिनय छ । चलचित्रमा अर्जुन पोखरेलले संगीत भरेका छन् ।
चलचित्रमा नव कलाकार प्रशान्त गिरीले साउथ स्टाइलको खतरनाक द्वन्द्व गरेका
छन् । चलचित्रमा द्वन्द्वको दृश्य केही खतरनाक भएको भन्दै बोर्डले आनाकानी
गरेपनि अन्तत यूनिभर्सले सर्टिफिकेट दिएको निर्माणपक्षको भनाई छ ।
Post a Comment