Headlines News :
Home » » रीमिक्स चलन : ‘कन्यादान’को ‘तीजको रहर’ पनि भयो रीमिक्स

रीमिक्स चलन : ‘कन्यादान’को ‘तीजको रहर’ पनि भयो रीमिक्स

Written By Admin on Saturday, August 24, 2013 | 12:01 AM

तीजको गीत भन्ने बित्तिकै अधिकांश नेपालीको मस्तिष्कमा चलचित्र ‘कन्यादान’मा समावेश ‘तीजको रहर आयो बरिलै’ बोलको गीत नै याद आउँछ । यसपछि थुप्रै तीजका गीतहरु तयार भएपनि ‘कन्यादान’को गीतलाई उछिन्न कसैले पनि सकेनन् ।गीतहरु रीमिक्स हुने प्रचलन बढ्दै जाँदा यो बर्ष ‘कन्यादान’ सिनेमामा समावेश तीजको गीत पनि रीमिक्स भएको छ । नेपाली सिनेमाका चर्चित तिन कलाकारहरु करिश्मा मानन्धर, सुभद्रंा अधिकारी र बसुन्धरा भुषाललाई देख्न सकिन्छ ।
शभ्भूजित बास्कोटाको संगीतमा तयार भएको यो गीतलाई मञ्जु थापाले गाएकी छिन् । शंकर वीसीले निर्देशन गरेको यो गीतले पुरानो गीतको मर्मलाई मारेको धेरैको तर्क पनि छ । तर ‘कन्यादान’ सिनेमामा समावेश ‘तीजको रहर आयो बरिलै’ बोलकोे गीतलाई नयाँ रीमिक्स गीतले न्याय गरेको छ या छैन, छुट्टयाउने जिम्म पाठकलाई नै ।


Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger