Headlines News :
Home » » नाग पंचमी (कालसर्प योग : आफैंले गर्न सकिने शान्तिउपाय) :-( नागपञ्चमी)

नाग पंचमी (कालसर्प योग : आफैंले गर्न सकिने शान्तिउपाय) :-( नागपञ्चमी)

Written By Admin on Saturday, August 10, 2013 | 11:24 PM

नाग पञ्चमी श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ । यो श्रद्धा र विश्वासको पर्व हो । यस दिनमा नागलाई धारण गर्ने भगवान् भोलेनाथको पूजा आराधना गर्नु पनि शुभ मानिन्छ । हिन्दु धार्मिक ग्रन्थहरुमा श्रावण महिनालाई आराध्यदेव शिवको पूजा उपासना गर्न सर्वोत्तम महिनाको रुपमा परिभाषित गरिएको छ। यद्यपि शिवरात्रिको महिमा पनि उत्तिकै महत्वका साथ गरिएको भएतापनि श्रावण महिनामा गरिएको शिव अनुष्ठानले सजिलै शिवजीलाई प्रसन्न गराउन सकिने हुनाले भक्तजनहरुले चाहना गरेको फल यथाशीघ्र प्राप्त हुने उल्लेख गरिएको छ। यही मान्यतालाई आत्मसात् गर्दै सनातन हिन्दू धर्माबलम्बीहरु शिवालयमा बेलपत्र,गाईको दुध लगायतका उपचार सामाग्रीहरू चढाएर पूजाअर्चना गर्ने तथा यस महिनामा पर्ने सोमबारका दिन व्रत लिने गर्दछन्।

नाग पञ्चमीको विशेषता
आजको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि टाँस्ने गरिन्छ । आजको दिनदेखि वषर्याम समाप्त भई हिउँद सुरु भएको पनि मान्ने गरिन्छ । नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म , तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले त्यस्तो घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ । ज्योतिषशास्त्र-अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । भूमिमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने संभावना भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ मानिदैंन ।
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger