Headlines News :
Home » » पिसाबबाटै मोबाइल चार्ज हुने हेर्नुहोस त तरिका

पिसाबबाटै मोबाइल चार्ज हुने हेर्नुहोस त तरिका

Written By Admin on Sunday, August 11, 2013 | 12:15 AM

पश्चिम बेलायतको ब्रिस्टल रोबोटिक्स ल्याबका बैज्ञानिकहरु पिसाबबाट विद्युत निकाल्ने योजनामा जुटेका छन्। अनुसन्धानरत वैज्ञानिकहरुका अनुसार अब शौचालय नै एउटा सानो बिजुली घरको रुपमा परिणत हुनेछ। यसको लागि पहिलो चरणमा वैज्ञानिकहरुले पिसाबले उत्पादन गर्ने विद्युत शक्तिबाट चार्ज हुने मोबाइल चार्जर बनाएका छन्। यो चार्जरले कमसेकम ६ मिनेटसम्म कुरा गर्न सक्ने गरी ब्याट्री चार्ज गर्न सक्छ। उक्त चार्जले इन्टरनेट चलाउन र म्यासेज लेख्न पनि सकिन्छ।

योजनाका मुख्य अनुसन्धानकर्ता इआनिस इरोपोयुलसका अनुसार विकासशील देशको लागि सबै विकल्प सम्भव रहने गरी काममा जुटेको बताएका छन्। ‘कल्पना गर्नुस हामी कुनै देशको यस्तो कुनामा छौ जुन बाहिरी दुनियादेखि अलग छ। त्यहाँ हामी मलमुत्रको प्रयोग गरी आफ्नो सामान चार्ज गर्न सक्छौं। दोस्रो पनि कल्पना गर्नुस् हामीसँग यस्तो प्लग होस् जो घरको वाथरुममा लगाउन सकियोस् र काम गर्न सकियो।’ मोबाइल चार्ज सबैभन्दा उपयुक्त यो इन्धन कोशिकाहरुबाट चल्छ। यी कोशिकामा बिजुली उत्पन्न गर्ने सूक्ष्म जीवाणु हुन्छन्। यी जीवाणुको प्रिय भोजन पिसाब हो। वैज्ञानिकहरुले यसको मूल्य महँगो नपर्ने तथा यसलाई वाथरुमा वा शौचालयमा राख्न सकिने बताएका छन्। पिसाबबाट उत्पादन भएको विद्युत्‌ले अन्य विद्युतीय सामग्री चलाउन पनि सकिनेछ। तर मोबाइल चार्ज गर्न यो सबैभन्दा उपयुक्त हुने वैज्ञानिकहरुको भनाइ छ
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger