Headlines News :
Home » » लामखुट्टेले यसरी चुस्छ रगत (भिडियो सहित)

लामखुट्टेले यसरी चुस्छ रगत (भिडियो सहित)

Written By Admin on Monday, August 19, 2013 | 4:02 AM

अहिले लामखुट्टेको मौसम छ । लामखुट्टेले टोकेर हैरानै पार्छ । लामखुट्टेले हाम्रो सरीरबाट रगत चुस्छ । यो हामीलाई थाहा भएकै कुरा हो । लामखुट्टेले यसरी रगत मात्र चुस्दैन औलो लगायत रोगका जिवाणु पनि र्सार्छ । लामखुट्टे सानो जिव भएकाले यसरी कसरी रगत चुस्छ भन्ने हामीले हाम्रो आखाले ठम्याउन सक्दैनौँ । तर फ्रान्सका एक वैज्ञानिकले लामखुट्टेले रगत चुसेको बेलाको भिडियो खिचेका छन् । यो उच्च रिजोलुसन युक्त भिडियोबाट लामखुट्टेले कसरी रगत चुस्दोरहेछ भन्ने कुरा प्रष्टै देखिन्छ । सुक्ष्म दर्शक यन्त्रको सहायताले खिचिएको उक्त भिडियोमा लामखुट्टेल कसरी आफ्नो सुँड गाड्छ र रगत तान्छ भन्ने कुरा देख्न सकिन्छ ।
Close Up of a Mosquito Biting Into Human Skin
पास्चर इन्स्िटच्युटका वैज्ञानिकले खिचेको भिडियोमा लामखुट्टेको मुख निकै लचकदार हुने र त्यो मज्जाले मोड्न सक्ने कुराको खुलासा समेत भएको छ । अचेत पारिएको मुसामा लामखुट्टेलाई टोकाएर उक्त भिडियो खिचिएको हो । लामखुट्टेले मानिसलाई टोक्ने र रगत चुस्ने प्रक्रिया पनि ठीक उस्तै हो ।
हेर्नुस भिडियो ..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger