Headlines News :
Home » » विश्वकै लामो खुट्टा भएकी महिला

विश्वकै लामो खुट्टा भएकी महिला

Written By Admin on Wednesday, August 14, 2013 | 8:14 AM

भर्जिनिया रुसबाट आएर उत्तरी भर्जिनियामा बसेकी स्वेतलाना पानकारारटोभाले विश्वको सबभन्दा लामो खुट्टा भएकी महिलाको रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा ठाउँ पाएकी छन् । उनी अर्को गिनिज रेकर्ड होल्डर संसारको सबभन्दा ठूलो (प्राकृतिक) छातीकी साहुनी नोरमा स्टिट्सको घर भएको क्षेत्रमा बस्छिन् । उनको खुट्टाको लम्बाइ चार फिट र चार इन्च छ । उनको लम्बाइ ६ फिट ५ इन्च छ । गिनिज बुकको पुस्तकमा उनलाई लन्डनको नेसनल ग्यालरी अफ आर्टको भर्‍याङमा बसेको देखिन्छ ।long leg
खुट्टाकै कारणले उनी बाल्यकालदेखि बास्केट बल टिममा सामेल गरिन्थ्यो । उनी विद्यालयमा च्याम्पियन थिइन् । भर्जिनिया कमनवेल्थ युनिभर्सिटीमा जागिर पाएपछि उनी यतै बसिन् । तर, उनी संसारकी सबभन्दा अग्लि महिला पक्कै होइनन् । संसारकी सबभन्दा लामो महिलाको रेकर्ड स्वर्गीय सात फिट सात इन्च रहेकी याओ डेफेनको नाउँमा थियो । नोभेम्बरमा उनको मृत्यु भएपछि अर्की महिलाको खोजी जारी छ ।
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger