Headlines News :
Home » » ‘कौन बनेगा करोडपति’को पुरस्कार राशी अब ७ करोड

‘कौन बनेगा करोडपति’को पुरस्कार राशी अब ७ करोड

Written By Admin on Friday, August 30, 2013 | 9:22 AM

भारतकै सबैभन्दा लोकप्रिय टेलिजिभन रियालिटी शो ‘कौन बनेगा करोडपति’को सातौ सिजन सुरु हुन अब केही दिन मात्र बाँकी छ । बलिउडका चर्चित नायक अमिताभ बच्चनले संचालन गर्ने यो रियालिटी शो को टीआरपी सबैभन्दा धेरै छ ।यसैबिच हरेक बर्ष नयाँ नयाँ नियमका साथ खेलाइने यो रियालिटी शोमा यसपटक केही नयाँ नियम थपिएको छ । जसमध्ये सबैभन्दा महत्वपुर्ण पुरस्कार राशी रहेको छ । गतबर्ष सम्म ५ करोडलाई अन्तिम विन्दु मानिएको थियो । तर यसबर्ष भने २ करोड बढाउँदै ७ करोड पुर्‍याइएको छ । अब दिमागी तेज भएका व्यक्तिहरुले ७ करोड सम्म घर लैजान सक्नेछन् ।
७ करोड जित्नका लागि खेलाडीले १५ वटा प्रश्नको सही जवाफ दिनुपर्नेछ । यसअघि ५ करोड जित्नका लागि १३ वटा प्रश्नको सही जवाफ दिए पुग्थ्यो । उपहारको नाम ‘सप्त कोटी संदूक’ राखिएको छ । जसमा प्रतियोगीले १ करोड, ३ करोड, ५ करोड र ७ करोड जित्ने मौका पाउनेछन् । यो भन्दा बाहेक पनि यो रियालिटी शोका धेरै नियमहरु परिवर्तन गरिएको छ ।
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger