Headlines News :
Home » » स्तन बम पड्काउने अलकायदाको योजना

स्तन बम पड्काउने अलकायदाको योजना

Written By Admin on Tuesday, August 27, 2013 | 6:00 PM

आतंकवादी संगठन अलकायदाले विश्वमा खास गरी अमेरिका र उसका मित्र देशहरुमाथि निशाना बनाउँदै विभिन्न खाले हमला गर्दै आएको छ । अलकायदाले आफ्नो आक्रमणको रणनीति अन्तरगत आत्मघाती हमलालाई मुख्य अस्त्र बनाउने गर्छ । समाचार अनुसार उसले पछिल्लो समयमा एक नयाँ सोँच र नयाँ प्रविधिको माध्यमबाट आक्रमण गर्दै विश्वमात हल्का मच्चाउने तयारी गरिरहेको बताइएको छ । breast
बेलायती पत्रिका मिररले छापेको खबरअनुसार अलकायदाले अब बेलायतलाई निशाना बनाउँदैछ । अलकायदाको आक्रमणको खतरालाई लिएर बेलायतमा उच्च सतर्कतासमेत अपनाइएको छ । गुप्तचर जानकारीअनुसार अलकायदाले महिला लडाकु आत्मघाती हमलाकारीको दस्ता तयार पारेको छ । ती महिला आत्मघाती बम हमलाकारीले आफ्नो वक्षस्थलमा बम प्रत्यारोपण गरि उपयुक्त निशानामा लगेर आत्मघाती विस्फोट गराउनेछन् ।
समाचार अनुसार बेलायतको निकै व्यस्त हिथ्रो विमानस्थलमा आक्रमण गर्ने अलकायदाको योजना छ । यसका लागि अलकायदाले स्तन बमधारी आत्मघाती महिला हमलाकारीको दस्ता तयार पारिरहेको छ । अलकायदाको लागि बम बनाउने मुख्य आतंकवादी इब्राहिमअल असिरीले ती हमलाकारी महिलाको स्तनतथा सरीरको अन्य भित्रि भागमा बम लुकाइदिनेछन् ता कि विमानस्थलको स्क्यानर तथा कुनै पनि जाँच यन्त्रले बम भएको कुरा पत्तो नपाओस् ।
यस्तो स्तन बम स्क्यानरले पनि पत्तो पाउन नसक्ने र पछिल्लो समय गर्मी याममा बेलायतमा पर्यटकको संख्या बढिरहेको र विमानस्थलमा समेत भिड बढ्दै गएको हुँदा विमानस्थल प्रशासनले निगरानी बढाएको र खासगरि महिलामा विशेष चेकजाँच गर्ने गरेको बताइएको छ ।
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger