![]() |
आफ्ना छोराछोरीलाई राम्रा राम्रा नानाचाचा लगाइदिएर पुतलीजस्तो बनाउने बाउआमाको चाहना हुन्छ । भलै लुगाफाटो कस्तो किनिदिने भन्ने कुरा गच्छे अनुसार निर्भर गर्छ । तर काइदा जाने फाइदा हुन्छ भन्ने उखानलाई शिरोधार्य गर्ने हो भने बच्चाका लागि लुगाफाटोमा सुको पनि खर्च गर्नुपर्दोरहेनछ ।

नपत्याए हर्ेर्नुस् ती चीनमा एक जना बाउले आफ्नो बच्चालाई यस्ता गज्जबका लुगा बनाइदिएका छन् की ती देख्दा रोचक त छन् नै बन्दा पनि मुफतमै बने । गर्मीमा खान किनेको खरभुजा खाइवरि बाँकी रहेको बाहिर खोलबाट ती कलाप्रेमी बाउले आफ्नो बच्चाका लागि लोभै लाग्ने खालको कट्टु र हेलमेट बनाइदिए र लगाइदिए पनि ।
चीनको वेनझोउ प्रान्तको खरभुजाको पहिरनवाला बच्चाको यो तस्वीर इन्टरनेटमा अपलोड भएपछि त्यसले निकै तहल्का मच्चायो । खरभुजाका लुगा लगाउने त्यो बालक र उसका बाउआमाको समाचारले टेलिभिजनमा पनि ठाउँ पायो । त्यसपछि त के चाहियो र ? चीनमा खरभुजाको यो फेसन खुबै फैलिन थाल्यो । हुँदा हुँदा खरभुजाको बिकिनी, र्स्कर्ट तथा चश्मा समेत बनाएर लगाउन थालियो ।

Post a Comment