![]() |
लिटिल रक,सबैभन्दा धेरै बिस्कुट खाने रेकर्ड तोडने चाहनामा एक अमेरिकी ‘फूड राइटर’ ले ४१३ वटा बिस्कुट खाएका छन । तर दुर्भाग्य उनी यो रेकर्ड तोडनुको सट्टा कोमामा पुगेका छन । केविन नामका यी व्यक्ति ४१५ वटा बिस्कुट खाएर ४१३ वटा बिस्कुट खाने पुरानो रेकर्ड तोड्न चाहन्थे ।
‘द माइटी रिब’ का नामले प्रसिद्ध ‘फूड राइटर’ केविन शेलीनले ‘रेड लाब्सटर रेस्टुरेन्ट’ को एक पुरानो ग्राहकको रेकर्ड तोडनका लागी हिजो ४१३ वटा बिस्कुट खाएका थिए । बिस्कुट खाएपछि उनको अबस्था यसरी बिग्रियो कि उनलाइ अस्पतालमा भर्ना गर्नुपरेको थियो ।
अरकान्सस प्रान्तको अस्पतालमा भर्ना गरिएको केही मिनेटपछि नै यी केविन कोमाको स्थितिमा पुगेका थिए । रेष्टुरेन्टमा यो बिस्कुट असीमित संख्यामा खानाका साथमा निशुल्क दिइन्छ । यस बिस्कुटमा १५० क्यालोरी हुने गर्दछ । साथै यसमा धेरै मात्रामा मक्खन पनि रहेको हुन्छ ।
केविनका साथमा रेष्टुरेन्ट गएका उनका साथीहरूले बताए अनुसार पहिले केविन रेकर्ड तोड्ने उद्देश्यले रेष्टुरेन्ट गएका थिएनन । उनी त त्यहाँ साथीहरूलाइ कुरेर बसेका थिए ।

Post a Comment