Headlines News :
Home » » अस्पतालले कुमारी केटीको रगत मागेपछि…….

अस्पतालले कुमारी केटीको रगत मागेपछि…….

Written By Admin on Wednesday, September 18, 2013 | 7:19 AM

एक अस्पतालले १ सय जना कुमारी केटीको रगत माग गरेपछि त्यसले ठूलै चर्चा पाएको छ । चीनको बेइजिंगस्थित युनिभर्सिटी क्यान्सर अस्पतालले १ सय जना कुमारी युवतीको रगतको नमूना माग गरेको हो । कुमारी युवतीको मात्र रगत माग्नु तर कुमार युवकको नमागिएका कारण अस्पताल चर्चामा आएको हो ।
bloodblood
अस्पतालले १८ देखि २४ वर्षसम्मका कन्या केटीको रगत माग गरेपछि चिनिया सोसल मिडियामा अस्पतालको नियतप्रति धैरैले आशंका व्यक्त गरेका छन् । केटीको रगत माग गर्नु तथा केटाको रगत माग नगर्नु यो कस्तो विज्ञान तथा प्रयोग हो – धेरैको प्रश्न छ ।
अस्पतालले भने कुमारी केटीको मात्र रगतको नमूना माग गर्नुमा अस्पतालको कुनै यौनिक स्वार्थ नरहेको स्पष्ट पार्दै ह्युमन पापिलोमा भाइरसको अध्ययनका लागि रगतको नमूना संकलन गर्न लागिएको हो । यो भाइरस सामान्यतया : सेक्स सम्बन्धका बेला संक्रमित हुन्छ । अहिलेसम्म अस्पतालले ५० जना कुमारी केटीको रगत संकलन गरिसकेको छ ।
- See more at: http://www.onlinekhabar.com/2013/09/116788/#sthash.eFm8d2jT.dpuf
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger