Headlines News :
Home » » समानुपातिकमा पनि कांग्रेस नै पहिलो हुने संकेत

समानुपातिकमा पनि कांग्रेस नै पहिलो हुने संकेत

Written By Admin on Monday, November 25, 2013 | 1:54 AM


काठमाडौं, मंसिर १० - समानुपातिकको मतगणनामा सुरुदेखि नै पहिलो स्थान हासिल गर्दै आएको नेकपा एमालेलाई कांग्रेसले भेट्टाएको छ ।
सोमबार विहानसम्म झण्डै २०–२५ हजार मत अन्तरले कांग्रेसभन्दा अघि रहेको एमालेलाई दिउँसो कांग्रेसले भेट्याएको हो । अहिले कांग्रेस र एमालेको मत हाराहारीकै रुपमा देखिएको छ ।
आधा क्षेत्रको मतगणना सकिँदासम्म अग्रस्थानमा रहेको एमालेलाई कांग्रेसले भेट्टाएपछि समानुपातिकमा पहिलो हुने एमालेको अपेक्षा पूरा नहुने भएको छ । समानुपातिकको पुरै मतगणना सकिँदा प्रत्यक्षमा जस्तै समानुपातिकमा पनि कांग्रेस नै पहिलो हुने संकेत देखिएको छ ।
कांग्रेस र एमाले हाराहारीमा अघि बढ्दा एकीकृत नेकपा माओवादी तेस्रो स्थानमै कायम छ । राप्रपा नेपाल चौथो स्थानमा छ ।
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger