Headlines News :
Home » » कसरी आकर्षित हुन्छन् महिला पुरूषसँग…

कसरी आकर्षित हुन्छन् महिला पुरूषसँग…

Written By Admin on Tuesday, January 21, 2014 | 10:11 PM

पुरूषहरू सकेसम्म महिलालाई आफूतिर आकर्षित गर्न चाहन्छन् तर, महिलाका भावनालाई बुझ्न नसक्दा सफल हुन सक्दैनन् । महिलाका विषयमा स-साना कुराहरू विचार गर्न सके उनीहरूलाई सहजै आकर्षित गर्न सकिन्छ । महिलालाई आकर्षित गर्न पुरूषले ध्यान दिनुपर्ने स-साना कुराहरू यस्ता छन् ।

- महिलाहरू सकेसम्म पुरूषले मेसेज पठाउने, फोन गर्ने, फूल तथा चकलेट दिने, डेटिङ लैजाने जस्ता कार्य गरे पुरूषप्रति आकर्षित हुन्छन् ।
- महिलाहरू जुन पुरूषबाट आफू सुरक्षित भएको र नजिक भएको मान्छन् ती पुरूषसँग नजिकिन्छन् ।

- महिलाहरू सकेसम्म धेरै कुरा गर्न चाहन्छन्, तर महिलाहरूले आफ्नो समस्या पुरूषबाट सहजै समाधान हुन्छन् भन्ने सोच भने राख्दैनन् । जब पुरूषले आफ्नो कुरा सुन्छन् तब उनीहरूलाई आनन्द लाग्ने गर्छ ।
- सकेसम्म आफ्नो जन्मदिन, वार्षिकी जस्ता समयका अगाडि नै केही तयारी गर्ने राख्ने गरे उनीहरू खुसी हन्छन् । यसले पुरूषले आफूलाई ख्याल गरेको उनीहरुले बुझ्ने गर्छन् ।

- महिलाहरूलाई राम्रो देखिने र राम्रा लुगा लगाएर हिड्नबाट नरोक्ने उनीहरूलाई कुनै अन्य केटाले हेरे पनि त्यसलाई लिएर नराम्रो नसोच्ने गरे महिलाहरू खुसी हुन्छन् ।

- महिलासँग राखेको वाचा पुरा गर्ने । महिलालाई भनेको कुराहरू पुरा गरिदिने, समयमा भेट्न पुग्ने जस्ता कार्यले पनि महिला पुरूषप्रति आकर्षित हुन्छन् ।

- महिलाहरू प्राय खाना सँगै खाने, रमाइलो गर्ने, सपनाका कुराहरू गर्ने जस्ता कार्यबाट निकै आकर्षित हुन्छन् ।

- महिलाहरू पनि खेलकुद मन पराउँछन् तर सबैलाई पुरूषले मन पराएकै खेल मनपर्छ भन्ने पनि छैन् त्यसैले उनीहरूको बारेमा जानकारी लिएर उनीहरुलाई मन परेको खेलमा आफू पनि सहभागी हुने गरे नजिकिन्छन् ।

- आफूहरूलाई महिलालाई गर्ने व्यवहार नै गरेको रूचाउँछन् तर होच्याएको र तल देखाउन खोजेको कत्ति पनि मन पराउँदैनन् ।
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger