Headlines News :
Home » » बिहेका कस्ता कस्ता संस्कार !!!

बिहेका कस्ता कस्ता संस्कार !!!

Written By Admin on Wednesday, August 21, 2013 | 9:01 PM

बहुजातीय समुदाय रहेको हाम्रो देशमा पनि विवाहका विभिन्न अनौठा संस्कार कायम छन् । विवाह गर्दा च्युरीको बोट दाइजो दिने, बिहे गर्दा विषको प्याला दिने, विहेमा टाउको ठोक्काउने, बिहेको बेला दुलही लतार्ने जस्ता विभिन्न खाले संस्कार हामीकहाँ रहेका छन् । तर विश्वका अन्य देश तथा समुदायमा पनि हामीकहाँ भन्दा अझै रोचक तथा अनौठो संस्कारहरु छन् ।
स्कटल्याण्डमा विवाहमा दुलाहा दुलहीलाई मुखमा कालो दल्ने चलन छ । साथै बेहुला बेहुलीमाथि दुर्गन्ध आउने चिज जस्तै सस, कुहेका अण्डा समेत फ्याँक्ने चलन छ । मुखमा कालो दलेर तथा जिउमा गन्हाउने चिजले हानेर दुलाहा दुलहीलाई गाउँ घुमाउने चलन छ ।
1
जर्मनीको एक सानो गाउँमा दुलही चोर्ने संस्कार छ । बिहेको दिन बेहुली साथीहरुले बेहुलीलाई अपहरण गरि कतै लगेर लुकाउँछन । बेहुलाले आफ्नी बेहुली खोजेर भेटाउनर्ुपर्छ । भेटाउन नसकेमा बेहुलाले बेहुलीका सबै साथीलाई पैसा दिएर दुलही फिर्ता लिनुपछ ।
जर्मनीकै एक समुदायमा बिहेको बेला काठ चिर्ने चलन छ । बेहुला बेहुलीलाई एक काठको ठूला टुक्रा काट्न दिइन्छ र साथमा हतियार पनि दिइन्छ । बेहुला बेहुली मिलेर राम्रो ढंगले त्यो काठ चिर्न सके भने उनीहरुको वैवाहिक जिवन सुखी हुने ठानिन्छ ।
स्विडेनमा एक यस्ते वैवाहिक संस्कार छ जुन हाम्रोमा अहिले सोँच्न पनि सकिन्न । विवाह समारोहमा आउने जो कोही पाहुनले दुलहीलाई चुम्बन गर्न पाउँछ ।

जर्मनीमा विवाहका बेला थाल फोड्ने चलन छ । विवाहमा पाहुनाहरुले सेरामिक्सका प्लेट लिएर आउँछन् । अनि विवाह समारोहमा बेहुला बेहुलीका अगाडि जमिनमा फ्याँकेर टुक्रा टुक्रा पार्छन् । यसरी प्लेट फोड्दा आउने आवाजले राक्षसी आत्मलाई भगाउने जनविश्वास रहेको छ ।
अफि्रकाको मसाइ आदिवासीमा विवाहका दौरान एक अनौठो परम्परा छ । जहाँ बेहुलीको बाउले आफ्नी नव विवाहिता छोरीकोे टाउको तथा छातिमा थुकेर आशिर्वाद दिने गर्छ ।
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger