Headlines News :
Home » » एमाओवादी बैठकमा संघीयताबारे प्रष्ट खाकाको माग

एमाओवादी बैठकमा संघीयताबारे प्रष्ट खाकाको माग

Written By Admin on Tuesday, August 27, 2013 | 6:11 PM

११ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठकमा नेताहरुले संघीयताबारे प्रष्ट धारणा बनाउन माग गरेका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा मंगलबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा चुनावी अभियानबारे रिर्पोटिङ गर्ने क्रममा नेताहरुले पहिचानसहितको संघीयता भनेपनि जनतालाई अझै बुझाउन नसकेको बताएका हुन् । ‘पहिचानसहितको संघीयता भनिएको छ तर, अझै प्रष्ट पारेर जानुपर्छ भन्ने आएको छ’ नेवा राज्य समितिका इन्चार्ज देवेन्द्र पौडेलले अनलाइनखबरससँग भन्नुभयो-’अखण्ड सुदूरपश्चिम, दशनामी जस्ता कुरा आएका छन् । पार्टीले प्रष्ट खाकासहित जनतामाझ जानुपर्छ भन्ने सुझाव आएको छ ।’

रिपोर्टिङका क्रममा नेताहरुले नेता र सभासदहरु लामो समयसम्म गाउँ नगएको, जनअपेक्षा अनुसार विकासका काम गर्न नसकेको जस्ता गुनासो आएको सुनाएका छन् । कतिपयले बल्ल माओवादी नेता भेटियो भनेर जनताले भनेको बैठकमा सुनाएको एक नेताले बताए ।
बैठकमा बोल्ने अधिकांश नेताहरुले आन्तरिक व्यवस्थापन भए पार्टीले धेरै ठाउँमा जित्ने रिपोर्टिङ गरेका छन् । उम्मेदवार हुन चाहने धेरै भएको, एक अर्कामा अविश्वास रहेको भन्दै नेताहरुले केन्द्रीय स्तरबाटै आन्तरिक व्यवस्थापन गर्नु पर्नेमा जोड दिएका छन् ।
८२ जनाले रिपोर्टिङ गरेकामा आधाभन्दा बढीले आफ्नो क्षेत्रमा माओवादीले जित्ने दावी गरेका छन् । मतदाता घट्ने तर, माओवादीले विकल्प नखोज्ने भन्दै उनीहरुले जित सूनिश्चित भएको दावी गरे । रोल्पाको थवाङसहितका २ गाविसमा बैद्य माओवादीको प्रभाव भएको भन्दै नेताहरुले एमाओवादीले नै जित्ने दावी गरेका छन् । बैद्य माओवादीमा राज्य र जिल्ला स्तरका नेता गएपनि कार्यकर्ता नगएको उनीहरुको भनाई थियो ।
तमुवानसहितका केही क्षेत्रमा चुनौती बढेको रिपोर्टिङ भएको छ । स्याङ्जा, पाल्पा, तनहुँ, मस्ताङ लगायतका क्षेत्रमा पार्टी कमजोर भएको रिपोर्टिङ भएको छ । मधेस, ताम्सालिङ र नेवासहितको क्षेत्रको रिपोर्टिङ हुन बाँकी रहेको छ । बैठक बुधबार विहान १० बजे बोलाइएको छ ।
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger