Headlines News :
Home » » चलचित्रमै धुर्मुसको ३ वटा भूमिका, सुरजसिंह र जीवनसँग सरोज खनाल जम्ने

चलचित्रमै धुर्मुसको ३ वटा भूमिका, सुरजसिंह र जीवनसँग सरोज खनाल जम्ने

Written By Admin on Tuesday, August 27, 2013 | 6:16 PM

हाँस्य सिरियल ‘मेरी बास्सै’मा आधा दर्जन भूमिकामा अभिनय गरेर चर्चामा आएका कलाकार सिताराम कट्टेल अर्थात धुर्मुस अब चलचित्रमा पनि जम्ने तयारीमा छन् । हालै मात्र दिनेश डीसीको निर्देशनमा तयार भएको चलचित्र ‘छ एकान छ’ मा नायकको रुपमा अभिनय गरेका कट्टेल पुन अर्को एक चलचित्रमा अनुवन्धित भएका छन् ।विकास आचार्यको निर्देशनमा तयार हुन लागेको अनटाइलट प्रोजेक्टमा उनले अभिनय गर्न लागेको वुझिएको छ । चलचित्रमा उनको भूमिका कस्तो हुन्छ त भन्ने अनलाइनखबरको प्रश्नमा निर्देशक आचार्यले भने, ‘यो चलचित्रमा सितारामले ३ वटा भिन्न भूमिका निर्वाहा गर्दैछन् ।’ चलचित्रमा उनको कमेडी नभई गहन भूमिका भएको निर्देशक आचार्यको तर्क छ ।
चलचित्रमा उनको साथमा नायक जीवन लुइटेल, सरोज खनाल र भीजे सुरज सिंह ठकुरी पनि देखिने छन् । चलचित्रको मुख्य नायक भने सुरज सिंह ठकुरी रहनेछन् । जीवन र सरोजको भूमिकाले चलचित्रलाई अझै सशक्त बनाउने निर्माणपक्षको तर्क छ । चलचित्रका लागि २ नायिकाको खोजी भइरहेको निर्देशक आचार्यले बताए । उनले सुरज सिंह ठकुरीको प्रेमिकाको रुपमा अभिनय गर्ने नव नायिकाको खोजी जोडतोडका साथ भइरहेको बताए । चलचित्रको छायांकन कात्तिक २ गतेबाट सुरु हुनेछ ।
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger