Headlines News :
Home » » नेपालीका दुश्मनलाई छानी छानी पोल्न हमालको यस्तो अपिल (भिडियो)

नेपालीका दुश्मनलाई छानी छानी पोल्न हमालको यस्तो अपिल (भिडियो)

Written By Admin on Tuesday, August 27, 2013 | 6:21 PM

नेपाली जनताले आशा गरे अनुसार नयाँ नेपाल बन्न नसकेपछि राजनीतिक दलका नेताहरु प्रतिको जनताको आक्रोश बढ्दै गएको छ । विश्वास गरेका नेताहरुले संविधान बनाउनु त परको कुरा देश पनि नबनाएपछि जनताहरु निराशसँगै आक्रोश बनेका हुन् ।यस्तै परिस्थितीलाई कथावस्तु बनाउँदै तयार भएको चलचित्र ‘राजनीति’ अहिले चर्चामा छ । बसन्त निरौलाको निर्देशनमा तयार भएको यो चलचित्रमा राजेश हमाल, कोमल वली, पवित्रा आचार्य, दिपक सुवेदी, रमेश बुढाथोकी लगायतका कलाकारको अभिनय छ ।
चलचित्रले देशको बिग्रदो राजनीतिक अवस्था र यसले जनतालाई पारेको प्रभावलाई देखाउन खोजेको छ । यसैबिच निर्माणपक्षले सार्वजनिक गरेको चलचित्रको एक गीतले पनि राजनीतिक दलका नेताहरु प्रति यस्तै आक्रोश पोखेको छ ।
देशको अंग बेच्ने देशद्रोही कुत्ताहरुलाई छानी छानी पोल्न गीत मार्फत आग्रह गरिएको छ । उसो त यो सिनेमाको अहिलेसम्म सेन्सर नभएकाले पनि सेन्सर बोर्डले यो गीतलाई कस्तो प्रतिक्रिया जनाउने हो हेर्न बाँकी नै छ । तर निर्माणपक्षले भने यो गीतले देश बिगार्नेलाई इङकित गरेको तर्क गरेको छ । यसैले पनि चलचित्रको यो गीत स्क्यान्डलमा पर्ने निश्चित देखिएको छ ।
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger