Headlines News :
Home » » काठमाडौं-४ का बिजेता युवा नेता गगन थापाको बारेमा जन्नुस

काठमाडौं-४ का बिजेता युवा नेता गगन थापाको बारेमा जन्नुस

Written By Admin on Friday, November 22, 2013 | 7:58 AM

gagan_thapa_20130903071645नेपाली कांग्रेस
निर्वाचन क्षेत्र: काठमाडौं-४ (22336 मत प्राप्त गरी विजयी)
नेपाली कांग्रेसका युवा नेता गगन थापाको जन्म बि.सं.२०३३ सालमा सोलुखुम्बुमा भएको हो । उहाँका बुबाको नाम महेन्द्रकुमार थापा र आमाको नाम रामेश्वरी थापा हो । काठमाडौंको सिद्धार्थ वनस्थली हाईस्कुलबाट पढेका थापाले समाजशास्त्रमा स्नातकोत्तर गर्नु भएको छ ।
थापाले बि.सं. २०४६ सालबाट राजनीति सुरु गर्नु भएको हो । उहाँ बिसं २०५९ देखि बिसं २०६१ सालसम्म नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघको महामन्त्री हुनुहुन्थ्यो । तत्कालिन राजा ज्ञानेन्द्र शाहको सक्रिय शासन विरुद्धको आन्दोलनमा आक्रामक भाषण गरेर चर्चामा आएका नेता थापा आफ्नै पार्टीका शिर्ष नेताहरुका समेत आलोचक हुनुहुन्छ ।
उहाँ यसअघिको संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक समुहबाट सभासद् हुनुभएको थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहेका थापा प्रखर वक्ताका रुपमा स्थापित हुनुहुन्छ ।
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीकी छोरी अञ्जना केसीसँग विवाह गरेका थापाकी एक छोरी छन् । समुह बनाएर व्यवसायीक कृषि पेशा गरिरहेका थापाले काठमाडौंमा मासु पसल सञ्चालन गर्नु भएको छ 
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger