Headlines News :
Home » » झापा मतपरिणाम : हारेका दुई प्रभावशाली नेताले यसपटक जिते

झापा मतपरिणाम : हारेका दुई प्रभावशाली नेताले यसपटक जिते

Written By Admin on Friday, November 22, 2013 | 8:03 AM

kp-and-krishnaलक्ष्मी काफ्ले, भद्रपुर, मंसिर ०७– नेपाली राजनीतिमा प्रभावशाली भूमिका निर्वाह गर्ने झापाका दुई हस्ती नेता के पी शर्मा ओली र कृष्णप्रसाद सिटौला संविधान सभा निर्वाचनमा झापाबाट भारी बहुमतका साथ विजयी हुनु भएको छ ।
अघिल्लो संविधान सभा निर्वाचनमा एमाओवादीका स्थानीय नेताबाट पराजित भएका दुवै नेता यस पटकको निर्वाचनमा भने भारी मत अन्तरले विजयी हुनु भएको हो ।
झापा क्षेत्र नम्वर ७ बाट नेकपा एमालेका प्रभावशाली नेता के पी शामाृ ओलीले १९ हजार २ सय ८७ मतका साथ विजयी हुनु भएको छ । काँग्रसका उम्मेदवार सुरेशकुमार लिम्बुले ११ हजार ४१ म्त ल्याएको यस क्षेत्रमा राप्रपा नेपालका रामकुमार थापाले ९ हजार ३ सय ३५ मत ल्याई तेस्रो स्थान सुरक्षित गरे भने एमाओवादीका प्रभावशाली नेता गोपाल किराँतीले ९ हजार १ सय ९८ मतमा खुम्चनु परेको छ । ७३ हजार २६ मतदाता भएको यस क्षेत्रमा ५५ हजार ४ सय ९७ मत खसेकोमा ५१ हजार ९ सय ९१ म्त सदर र ३ हजार ५ सय ६ मत बदर भएको थियो ।
नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले झापाको क्षेत्र नम्वर ३ बाट भारी मत अन्तरले विजय हाँसिल गर्नु भएको छ । अघिल्लो संविधान सभा निर्वाचनमा एनेकपा माओवादीसंग २ हजार ६ सय मत अन्तरले पराजित हुनु भएका सिटौलाले यस पटक आफ्ना प्रतिद्वन्द्वी भन्दा ५ हजार १ सय २ मत बढी ल्याउदै विजयी हुनु भएको हो । ६९ हजार ४ सय ८३ मतदाता रहेको यस क्षेत्रमा सिटौलाले १४ हजार ३ सय ५५ मत प्राप्त गर्नु भयो भने उहाँका निकटतम प्रतिष्पर्धी राप्रपा नेपालका राजेन्द्रप्रसाद लिङदेनले ९ हजार २ सय ५३ मत मात्र प्राप्त गर्नु भएको थियो । यसैगरी नेकपा एमालेका बसन्तकुमार बानियाले ६ हजार ४ सय ६२ मत र एमाओवादीकी धर्मशीला चापागाईले ६ हजार २ सय १७ मत ल्याइ चौथो स्थानमा रहनु परेको छ । ७८ प्रतिशत मत खसेको यस क्षेत्रमा ६ प्रतिशत म तबदर भएको छ । जसमा सदर मत ४३ हजार ७ सय ३४ तथा बदर मत २ हजार ७ सय ९६ मत रहेको छ ।
झापा क्षेत्र नम्वर ५ को मतपरिणाम भने आउन बाँकी छ । परिणाम रातीअबेर सम्म आइपुग्ने जानकारी प्राप्त भएको छ । ५ नम्वरमा नेपाली कांग्रेसका केशवकुमार बुढाथोकी र एमालेका एलपी साँवाविच कडा टक्कर भइरहेको बताइएको छ ।
यसैगरी एमाले झापा अध्यक्ष रवीन कोइराला पनि झापा क्षेत्र नम्वर १ बाट विजयी हुनु भएको छ । नेपाली काँग्रेसका विश्वप्रकास शर्मालाई ६ सय ८९ मत अन्तरले पराजित गर्नु भएका कोइरालाले १७ हजार २ सय २९ मत प्राप्त गर्नु भएको थियो भने उहाँका निकट प्रतिष्पर्धी शर्माले १६ हजार ५ सय ४० मत प्राप्त गर्नु भएको छ । यसैगरी अघिल्लो संविधान सभा निर्वाचनमा विजयी एमाओवादीले यस पटक ६ हजार ८ सय ५७ मतमा खुम्चनु परेको छ । ६४ हजार ३ सय २ मतदाता रहेको यस क्षेत्रमा ७७ प्रतिशत मत खसेकोमा ७.७ प्रतिशत मत बदर भएको छ । जसमा खसेको मत ५० हजार १ सय ५० मध्ये ४६ हजार ४ सय २० मत सदर र ३ हजार ७ यस ३० बदर भएको छ ।
त्यसैगरी झापा क्षेत्र नम्वर २ बाट नेपाली काँग्रेसका पूर्व झापा सभापति सुधिरकुमार शिवाकोटी १३ हजार ५ सय ५४ मत ल्याइ विजयी हुनु भएको छ । एमालेकी पवित्रा खरेलले १२ हजार ८ सय २५ मतका साथ दोस्रो स्थान सुरक्षित गरेको यस क्षेत्रमा एमाओवादीका पूर्णप्रसाद राजवंशी १० हजार १ सय ८ मतका साथ तेस्रो स्थानमा रहनु भयो भने राप्रपा नेपालका भक्तिप्रसाद सिटौला ६ हजार मतका साथ चौथो सनमा रहन पुग्नु भयो । ६४ हजार ८ सय ७७ मतदाता रहेको यस क्षेत्रमा ७७. ७ प्रतिशत मत झर्न सफल भएको छ । जसमा ५० हजार ४ सय ६७ मत खसेकोमा ४६ हजार ८ सय १४ मत सदर र ३ हजार ६ सय ५३ मत बदर भएको छ ।
यसैगरी क्षेत्र नम्वर ६ मा नेकपा एमालेका दिपक कार्की ११ हजार ३ सय २६ मतका साथ विजयी हुनु भएको छ । काँग्रेसकी रामकुमारी पौडेलले ८ हजार २ सय ७२ मत ल्याइ दोस्रो स्थान ल्याएको यस क्षेत्रमा एमाओवादीका पुष्पराज ७ हजार ५ सय मतका साथ तेस्रो र राप्रपा नेपालका अमर विष्टले २ हजार ९ सय ६० मत ल्याउनु भएको छ । ४९ हजार ६ सय ८७ मतदाता रहेको यस क्षेत्रमा ३९ हजार ७ सय ७३ मत खसेकोमा ३६ हजार ७ सय ५० मत सदर र ३ हजार २३ मत बदर भएको छ ।
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger