Headlines News :
Home » » प्रचण्डले भने- “बैद्य माओवादीसँग हाम्रो तालमेल छ”

प्रचण्डले भने- “बैद्य माओवादीसँग हाम्रो तालमेल छ”

Written By Admin on Saturday, November 9, 2013 | 1:11 AM

prachanda-in-chitwan
रुपा बस्नेत, २३ कार्तिक, चितवन ।

एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउदो सविंधान सभालाई लक्षित गरि आफुहरुले गरेको मेचि माहाकालि यात्राले यथास्थितिवादी र प्रतिक्रियावादीहरुको सातो गएको बताउनुभएको छ । यात्राका क्रममा शनिबार पूर्वि चितवनको पर्सामा आयोजित सभालाई सम्वोंधन गर्दै उहाले सविंधान सुनिश्चित गर्ने माहान अभियानको विरोध गर्नु दुर्भाग्य भएको बताउनुभयो ।
आफुहरुको यस राष्ट्रिय एकताको अभियानलाई लिएर आचार सहिंता उलंघनको कुरा उठाउनु गलत भएको उहाँको भनाई थियो । उहाले एकिकृत नेकपा माओवादिलाई दुई तिहाई मत दिलाएर संघिय सविंधान र आर्थिक विकासको नया अभियान सुरु गर्न अपिल गर्नुभयो ।नेकपा माओवादिको बन्द प्रति व्यंग्य गर्दै उहाले भन्नुभयो प्रचण्डजी आउदैछन् भनेर बैधजीहरु बाटो खालि गर्दिनुहुन्छ हामिलाई सजिलो हुन्छ प्रचण्डको भाषण सुन्न जानु भनेर बजार बन्द गरिदिनु हुन्छ । उहाले थप्नुभयो दुईओटा माओवादिको यति राम्रो तालमेल छ उहाहरु सडकबाट हामी माथिबाट । आचार सहिंताको उलंघन आफुहरुले नभएर बैध जीहरुले गर्नुभएको छ उहाको भनाई थियो ।
बन्दमा हिडिदिने हामीसंग त सरकार र निर्वाचन आयोग खुसि हुनु पर्यो । कार्यक्रममा एकिकृत नेकपा माओवादिका नेता डा.बाबुराम भट्टराईले पूर्ण बहुमत दिएर स्थिर सरकारका लागि सहयोग गर्न अनुरोध गर्नुभयो । माओवादिको बहुमत नभएकोले सविंधान बन्न नसकेको उहाको भनाई थियो । मेचि माहाकालि यात्रा अन्र्तगत अध्यक्ष प्रचण्ड सहितका नेताहरुले चितवनको रत्ननगर र भरतपुरमा हुने सभालाई पनि आजै सम्वोधन गर्दै हुनुहुन्छ ।
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger