Headlines News :
Home » » आमा बनेपछि पनि कति सेक्सी अरुणिमा, नीताको अग्निपरिक्षा -

आमा बनेपछि पनि कति सेक्सी अरुणिमा, नीताको अग्निपरिक्षा -

Written By Admin on Friday, November 29, 2013 | 6:37 PM

नायिका अरुणिमा लम्साल आमा बनेपछि पनि आफ्नो शारीरिक फिगर जोगाउन सफल छिन् । आमा बनेपछि अधिकांश हिरोइनहरुको शारीरिक बनोटमा परिवर्तन आएतापनि अरुणिमा भने फिट देखिन्छिन् । उनले कमब्याकको रुपमा अभिनय गरेको चलचित्र ‘उर्वशी’ आजबाट देशभरका हलमा प्रदर्शनमा आएको छ ।arunima-lamsalमनिष पन्थको निर्देशनमा खगेश्वर पुनको निर्माण रहेको चलचित्र ‘उर्वशी’मा नीता ढुंगाना, किशोर खतिवडा, नव कलाकार किशोर श्रेष्ठको पनि मुख्य भूमिका छ । नायिका नीता ढुंगाना शिर्ष भूमिकामा देखिएकाले पनि उनको लागि यो सिनेमा अग्निपरिक्षाको रुपमा छ । ‘उर्वशी’ चलेमा नीताले ताली पाउनेछिन् भने असफल भएको खण्डमा उनलाई दह्रो झट्का लाग्नेछ ।
प्रेम र वियोगको कथालाई रोमाञ्चक तबरले वुनिएको यो चलचित्रसँगै ‘कोही त छ’ नामक सिनेमा पनि आजैबाट प्रदर्शनमा आएको छ । तर प्रचारप्रसारका हिसावले ‘उर्वशी’को बज निक्कै माथी छ । विकास चौधरीले संगीत भरेको गीतसंगीतले पनि ‘उर्वशी’लाई माथी उठाउन सहयोग गर्नेछ ।neeta-kisor-and-mukesh

Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger