Headlines News :
Home » » कस्तो बिडम्बना नेपाली युवाको: युवा विदेश पलायनले गाउँ रित्तियो भिडियो खबर

कस्तो बिडम्बना नेपाली युवाको: युवा विदेश पलायनले गाउँ रित्तियो भिडियो खबर

Written By Admin on Wednesday, August 14, 2013 | 4:15 AM

मुलुकमा बेरोजगार भएर विदेसिने क्रम बढिरहेका बेला प्युठानको नारीकोट गाविसबाट विदेसिने युवाको सङ्ख्या ७०० पुगेको छ । यो सङ्ख्या गाविसबाट दुबई, मलेसिया, साउदी, कतार र कुबेत जानेको मात्र हो भने भारत जानेको सङ्ख्या ३०० रहेको छ ।


गाउँमा अन्य विकल्प नभएपछि डडेलधुराको अमरगढी नगरपालिका-११ फिन्याकोटका अधिकांश युवा पनी विदेशिएका छन् ।गाउँका ८७ परिवारमध्ये ७० परिवारका युवा रोजगारीका लागि विदेश छन् । ‘मेरो छोरा दुबई छ, तल्लोघरका लालको छोरा कतार छ, मथिल्लो घरका काकाको छोरा मलेसिया छ’ समाजसेवी लोकबहादुर बोहराले विदेशिएका युवाहरूको नाम औंलामा गन्न भ्याएनन् ।
आफ्नो जमानामा विदेश भनेको भारतको अमृतसर र बम्बई भएको सुनाउँदै उनले भने, ‘आजका युवाहरू फुर्र उडेर समुन्द्रपारि काम गर्न जान्छन् ।’ भारत पुुग्ने परम्परा टुटेको भने धेरै भएको छैन ।

<iframe width="640" height="360" src="http://www.youtube.com/embed/AgdjU2pxS9k?feature=player_embedded" frameborder="0" allowfullscreen></iframe>
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger