Headlines News :
Home » » डरलाग्दो प्रतियोगिता, मौरीको दाह्री (फोटोफिचर सहित)

डरलाग्दो प्रतियोगिता, मौरीको दाह्री (फोटोफिचर सहित)

Written By Admin on Wednesday, August 14, 2013 | 8:05 AM

दाह्री जुँगा नियमित सफाचट पार्ने मानिसलाई अलिकति दाह्री बढ्यो भने त कस्तो अप्ठेरो हुन्छ । तर अनुहारभरि मौरीले ढाक्दा पनि यी तन्नेरीहरु ङच्िच हाँसिरहेका छन् । अनुहार मात्र होइन जिउ नै मौरीको घार जस्तो भैसक्दा पनि उनीहरु झनै उत्साहित छन्, डराएका छैनन् ।
mahuri 1
क्यानडाको ओन्टारियोमा भएको क्लोभरमेड मौरी दाह्री प्रतियोगितामा यो पटक तँ भन्दा म के कम ? भन्दै साहसी तन्नेरीहरुले जिउभरी हजारौँ मौरी राखेर सबैलाई तर्साए । उनीहरुले मौरीले ढाकेको अनुहार र जिउ त देखाए नै मौरीघार जस्तो अनुहार सहित क्याटवाक पनि गरे ।\
आफ्नो जिउमा मौरीलाई बसाउनका लागि प्रतियोगीहरुले घाँटीमा रानी मौरी सहितको एक बाकस भिरेका थिए । रानी मौरीकै कारण अरु कर्मी मौरी तथा भालेे मौरी ओरिएका थिए । मौरीको संख्या बढ्न नदिन र जिउमा मिलाएर बसाल्नका लागि मौरी विज्ञहरु त्यहाँ खटिएका थिए । मौरीले नटोकुन् भन्नका लागि मौरीलाई पहिले नै प्रसस्तै चिनी खुवाइएको थियो । साथै मौरीहरुलाई धुवाँले लट्ठाइएको पनि थियो ।
mahuri 3
यो पटकको मौरी दाह्री प्रतियोगिताको उपाधि जस्टिन हिम्स्ट्राले जिते । उनले आफ्नो जिउमा सबैभन्दा धेरै मौरी अठ्याएनन् मात्र मौरीबाट कलात्मक दाह्री समेत बनाए ।
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger