
![]() |
नेपालमा ब्याण्ड भएको चलचित्र ‘ग्रान्ड मस्ती’ले बक्स अफिसमा आक्रामक कलेक्शन गरेको छ । सेक्स कन्टेन्ट यो सिनेमालाई भारतीय सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको थियो । चलचित्रले तिन दिनमै ४० करोडको व्यापार गरेर बक्स अफिसमा आफ्नो दह्रो उपस्थिती देखाएको छ ।
विवेक ओबराय, अप्ताब, रितेश देशमुख लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रले सोमबार ८ करोड माथीको व्यापार गरेको थियो । चलचित्रको फष्ट विक कलेक्शन ६० करोड माथी हुने आँकलन काटिएको छ । स्टारकास्टको रुपमा समेत खासै चम्किलो नदेखिएको यो चलचित्रको कथालाई दर्शकहरुले रुचाएका छन् ।
यस्तै साहरुख खान र दीपिका पादुकोण अभिनित चलचित्र ‘चेन्नइ एक्सप्रेस’ले सबै रेकर्ड तोड्दै बक्स अफिसमा २२६ करोडको व्यापार गरेको छ । बलिउडमा आजसम्म बनेका सबै सिनेमाको रेकर्ड तोड्दै यो सिनेमाले अहिलेसम्मकै उच्च कलेक्शन गरेको हो । यसअघि ‘थ्री इडियट्स’ले २०२ करोड कमाएर रेकर्ड कायम गरेको थियो ।
चलचित्रले ओभरसिजमा ११८ करोडको व्यापार गरेको छ । यो ओभरसिजमा बलिउड सिनेमाको तेश्रो उच्च कलेक्शन हो । ओभरसिजमा चलचित्र ‘थ्री इडियट्स’ र ‘माई नेम ईज खान’ले हालसम्मकै उच्च व्यापार गरेका छन् । रोहित सेट्टी निर्देशित ‘चेन्नई एक्सप्रेस’को कलेक्शनले बलिउड नायक साहरुख खानलाई बादशाहको स्थानमा कायमै गरिदिएको छ ।
onlinekhabar
![]() |

Post a Comment