
![]() |
२३ कार्तिक, काठमाण्डौं ।
एमाओवादीले जसरी पनि चुनाव जित्न निर्वाचन आयोगद्धारा वितरण गर्न लागिएका मतदाता परिचय पत्र नै कब्जा गर्ने रणनीति बनाएको नेपालस्थित कुटनीतिक नियोगका अधिकारीहरुले आशंका गरेका छन् । उनीहरुले निर्वाचनमा सहभागी दलका रणनीति र सूचना संकलन तथा विश्लेषण गर्नेक्रम एमाओवादीले हार्ने क्षेत्रमा जसरी पनि जित्न परिचयपत्र कब्जामा लिने रणनीति अपनाएको सूचना प्राप्त भएको अन्नपूर्ण पोस्टमा खबर छ ।
‘अन्य दलहरुले सामान्य अवस्था तथा यसअघिको रणनीतिलाई नै अघि बढाएको पाइएको छ। तर एमाओवादीले भने नतिजा आफ्नो पक्षमा पार्न सबै उपाय अपनाउन कार्यकर्तालाई दिएको निर्देशनले उक्त शंका गर्ने आधार बनेको छ,’ कुटनीतिक स्रोतले भन्यो, ‘खासगरी पछिल्लो चरणमा एमाओवादीले आफ्नो पक्षमा मत नआउने क्षेत्रमा मतदाता परिचय पत्र कब्जा गर्न कार्यकर्तालाई निर्देशन दिएको सूचना कूटनीतिक क्षेत्रलाई प्राप्त भएको छ ।
निर्वाचन आयोगले आसन्न संविधानसभा निर्वाचनमा मतदातालाई वितरण गर्ने अस्थायी परिचयपत्र छपाइसकेको छ । छापिएको परिचय पत्रलाई आयोगले जिल्ला जिल्लामा पठाउने काम पनि सुरु गरेको छ । चुनाव विरोधी गतिविधि बढेकाले त्यस्ता क्षेत्रमा सुरक्षाकर्मीको प्रत्यक्ष निगरानीमा परिचय पत्र वितरण कार्य भइरहेको नयाँ पत्रिकामा खबर छ ।
‘मतदाता शिक्षा कार्यक्रममा सहभागी स्वयंसेवकमार्फत परिचयपत्र बाँड्ने पूर्वतयारीमा केही फेरबदल भएको छ,’ आयोग स्रोतले भन्यो, ‘सुरक्षा संवेदनशीलतालाई हेरेर सुरक्षाकर्मीको नियन्त्रण र रेखदेखमा परिचयपत्र वितरण गर्ने राणनीति छ ।’

![]() |

Post a Comment