
![]() |
२३ कार्तिक, काठ्माण्डौ ।
जता गए प्रचण्ड उतै हाम्रो निसाना, प्रचण्डनै हुन् निशासा भनेर खुलेरै भन्दै आएको नेकपा–माओवादीको चुनाव बिरोधि गतिबिधि चर्कीदै गएको छ । जता त्यतै बम र बिस्फोटक पदार्थ भन्दै छाडेका सामानले जनता त्रसित छन् । कुरा हो चितवनको । आज मकवानपुर हुदै प्रचण्ड चितवन आउने कार्यक्रम छ ।
चार जिल्लामा एकिकृत नेकपा माओवादीले चुनावी सभाको आयोजना गरेको छ । तर प्रचण्डलाई नै तारो बनाएको नेकपा–माओवादीले पनि आज चार जिल्ला बन्दको आह्वान गरेको छ । जसको प्रभाव ति जिल्लाहरुमा आंशिक परेको छ । सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । त्यस्तै, खैरहनी,भण्डारा,टाँडी,गोन्द्राङ,तालिम केन्द्र र रामनगरमा अज्ञात समूहले प्लाष्टिक र बोरामा खतरा लेखेर छाडेपछि जनजीवन त्रसित बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सञ्जयबहादुर राउतका अनुसार बोराभित्र ढुंगा,गिट्ट र भुष भेटिएका छन् । बम भने फेला परेको छैन । राउतले अज्ञात समूहले तर्साउनका लागि यस्ता सामग्री छाडेको हुनसक्ने बताए ।
त्यस्तै प्रहरीले खैरहनी- १ बाट दुई जनालाई पक्राउ गरेको छ । बम बनाउन प्रयोग गरिने तार,बाल्टिनसहित पक्राउ परेकाहरुसँग अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै बन्दकर्ताले टाँडीस्थित सिचाईँ कार्यालय अगाडि एउटा गाडी तोडफोड गरेका छन् । एमाओवादीले चितवनका ३ ठाउँमा सभा गर्दै छ । पर्सा,टाँडी र भरतपुरमा अभियानअन्तर्गत सभा गर्ने कार्यक्रम छ । एमाओवादीका अध्यक्ष पुष्पकम दाहालसहितको टोलीलाई स्वागत गर्न जिल्लास्थित कार्यकर्ताहरु शनिवार विहानै लोथर पुगेका छन् ।

![]() |

Post a Comment