
![]() |
मापेस चेकिङमा परेर लाइसेन्स नलिएपछि मिडियामा आलोचनात्मक खबरहरु प्रशारण भएपछि हाँस्यकलाकार दिपकराज गिरी निक्कै चिडिए । ट्राफिकको बिषयमा सचेतना जगाउने सामाग्री बनाइदिए लाइसेन्स दिने आग्रहलाई आफूहरुले स्विकार गरेतापनि पछि चर्चा पाउनको लागि मिडियामा नकारात्मक समाचार प्रशारण गरिएको बिषयमा दिपकले चर्को आलोचना पनि गरेका थिए ।
उनै हाँस्यकलाकार गिरीले अब आफूले ट्राफिकको दुत नभई ट्राफिक पिडितहरुका लागि काम गर्ने बताएका छन् । पुरै कक्षा लिएर लाइसेन्स ल्याएका दिपकले फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘आजबाट ट्राफिकले घुस मागेका, ट्राफिकले मुख छोडेका र दुख दिएका मानिसहरुको लागि काम गर्छु ।’
उनले टीभीमा आउन रहर भएका डीआइजी केशव अधिकारीलाई ‘तितो सत्य’मा अभिनय गर्नका लागि निमन्त्रणा पनि गरेका छन् । ‘लाइसेन्स समातेको मानिसलाई कानुनी कारवाही गर्नेर् हो टीभीमा अनुहार देखाएर आफू हिरो हुन खोज्ने होइन’, दिपकले भनेका छन् ।

![]() |

Post a Comment